रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, लक्ष्य अनुसार दर्शक र कारोवार

 

बुटवल । पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलवार समापन भएको छ । प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदर्शनीको समापन गरियो ।
सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै औद्योगिक प्रदर्शनी सफल बनाउन तयारी देखि नै प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष पौडेलले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा प्रदर्शनी सम्पन्न गरेको बताए।
उनले शसस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका अनेक थुपै्र असहजता र समस्यासँग लड्दै अस्थिरताकाबीच लगानी गरिरहेका उद्योगी व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे।
उहाँले प्रदर्शनीको आयोजना सम्पन्न गर्न मद्दत पु¥याउने सम्पूर्ण संघ÷संस्था, संचारकर्मी, सहभागी उद्योग, कलाकार, दर्शक, उपभोक्ता, कर्मचारीहरु तथा अन्य महानुभावहरुलाई धन्यवाद दिए ।
समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव हरि बहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरे भन्दा अत्याधिक बढी दर्शकहरु आएको तथा आर्थिक कारोवार पनि भएको बताए ।
प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठान उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी भएका थिए । यस प्रदर्शनीमा उद्योगहरुको प्रकृतिलाई हेरी विशेषता अनुसार बिभाजन गरिएको थियो । जस अन्तरगत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी÷अचार÷आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी÷सौन्र्दयमा ३६ प्रतिष्ठान, जुत्ता÷चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग÷प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटलमा १५ प्रतिष्ठान सहभागी रहेका छन् । त्यसैगरी क्षेत्र गत अवस्था हेर्दा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो ।
जसमा रुपन्देही, कास्की, मोरङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काठमाडौ, ललितपुर, बाके, चितवन, झापा, मोरङ, बारा, धनुषा, जुम्ला, मकवानपुर, विरगञ्ज, सुनसरी, जनकपुर, हेटौडा, सर्लाही, भोजपुर, दाङ, उदयपुर, दोलखा, मुस्ताङ लगायत रहेका थिए ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री लिला गिरी र प्रदर्शनी मुल समितिका संयोजक माधव प्रसाद पौडेलले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङकन समितिका संयोजक बाबुराम बोहोराले पुरस्कृतहरुको नामावली सार्वजनिक गरेका थिए ।
जस अनुसार स्टल मूल्यांकनतर्पm होटल तथा रेष्टुरेण्ट पेभिलियन मध्ये उत्कृष्ट श्री गुड् डु द भेगन किचन, गार्मेण्ट्स पेभिलियनतर्फ उत्कृष्ट श्री भिना गार्मेन्ट प्रा.लि. काठमाडौं, बेकरी, आईसक्रिम तथा अचार पेभिलियनतर्फ उत्कृष्ट श्री लकासी अचार उद्योग र श्री भिटामिन फुड्स एण्ड क्याफे, बुटवल, हाउस होल्ड एण्ड ब्युटी पेभिलियनतर्फ उत्कृष्ट श्री तिनाउ टप किचन इण्डष्ट्रिज प्रा.लि., तिलोत्तमा न.पा. र श्री एन्जल टच हाइजिड्ड म्यानुप्mयाक्चरिड्ड प्रा.लि., भैरहवा, जुत्ता चप्पल पेभिलियनतर्फ उत्कृष्ट श्री ब्ल्याक हर्स, खाद्यान्न पेभिलियनतर्फ उत्कृष्ट श्री राइजिङ्ग सन एग्रो इण्डष्ट्रिज, सियारी गा.पा., औद्योगिक प्रविधि पेभिलियनतर्फ उत्कृष्ट श्री नेपोभिट टायल बारा, जितपुर, हस्तकला पेभिलियनतर्फ उत्कृष्ट श्री एम.बी.काष्ठ तथा हस्तकला उद्योग, बुटवल, कृषि पेभिलियनतर्फ उत्कृष्ट पैंचो पसल प्रा.लि., बुटवल भएका छन् ।
यसैगरी जिल्ला वाहिरका महिला उद्यमीहरु मध्येबाट उत्कृष्ट उद्यमी पाल्पाली मदनपोखरा ढाका उद्योगकी शितम भण्डारी र प्रेम नि.श.अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योग, दाड्डकी प्रेम कुमारी पुन, संस्थागत स्टलतर्पm ग्रिल तथा स्टिल व्यवसायी संघ, रुपन्देही, उदयमान युवा उद्यमीमा पुरुष तर्पmबाट कबिराज अधिकारी श्री रामापुर मौरी श्रोत केन्द्र, महिलातर्पmबाट श्रृष्टी गुरुङ्ग आइटी स्टिल स्ट्रक्चर सोलुसन प्रा.लि. पुरस्कृत भएका छन् ।
स्टलहरुमध्येबाट बुद्ध सिमेन्ट ब्लक उद्योग, तिलोत्तमा न.पा. रुपन्देही र ग्लोबल इ्रन्टेरियर तथा काष्ठ उद्योग, तिलोत्तमाले सान्त्वना, मन उड इण्डष्ट्रिज, ओमसतिया गाउँपालिका, रुपन्देही र सिया स्टिल इण्डष्ट्रिज प्रा.लि,. नवलपरासीले तेस्रो, कपिलवस्तु ग्लास फाइवर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा ट्रन्सवेल्ड नेपाल(ट्रान्सफर्मर) काठमाडौंले प्रथम स्थान हासिल गरेको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासद एवं पूर्वमन्त्री लिला गिरीले रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ गोरेटेको कोर्ने विश्वास व्यक्त गरे । उनले मुलुकले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दा अब सबैको सरोकारको विषय बन्नु पर्ने धारणा राखे । उनले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा उद्योग संघले खेलेको भूमिकालई कसैले विर्सन नसक्ने बताउँदै नीजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडी बढ्न सुझाव दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकासका र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गरे ।
प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको स्वागत तथा सचिव वसन्त ढकालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेल, जिल्ला÷नगर संघसंस्थाको तर्पmबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, प्रदेश स्तरीय संघसंस्थाको तर्पmबाट चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, नेपाल राष्ट्र बैंक डिपुटी गभर्नर बम बहादुर मिश्र, प्रदेशसभा सदस्यमा माननीय भोजप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन द्वितिय उपाध्यक्ष जिवकान्त काफ्लेले गरे ।
सोही अवसरमा सहआयोजक, प्रर्बद्धक, सौजन्यकर्ताहरु, सहयोगी संघसंस्था र विभिन्न निकायहरुलाई सम्मान, कदर र प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रदर्शनीको पुष ७ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको थियो । औद्योगिक प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधव प्रसाद पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति र ३२ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरिएको थियो । यसैगरी प्रदर्शनी सम्वन्धी दैनिक कार्य सम्पादन गर्न मूल समितिका संयोजक रहेको ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) पनि गठन गरी आयोजना कुशलतापूर्वक सम्पन्न गरेको प्रदर्शनीका प्रवन्धक यादव प्रसाद भण्डारीले बताए ।
रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकम मध्ये केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याउने निर्णय गर्दै प्रत्येक टिकटबाट रु.४ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैया औद्योगिक तथा सामाजिक विकास राहात कोषका लागि छुट्टयाएको जनाइएको छ ।
समापनका दिन मंगलवार पनि प्रदर्शनी स्थलमा दर्शकहरु प्रदर्शनी अवलोकन गर्न ठूलो संख्यामा आएका थिए । अन्तिम दिन अवलोकनकर्ताहरुले सामान अत्यधिक खरिद गरेको स्टलधनीहरुले जनाएका छन् । यस पटकको प्रदर्शनी अघिल्ला आयोजनाहरु भन्दा भिन्न र आधुनिक व्यवस्थापनका साथ ऐतिहासिक रुपमा सम्पन्न भएकोमा आयोजकहरुले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार