रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

जजिरा र हिमालय एयरलाइन्सले रोके भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। मौसमको कारण देखाउँदै जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका हुन्।

विमानस्थल कार्यालयका अनुसार गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान स्थगित गरेका हुन्।

‘पहिलो कारण मौसम हो भने दोस्रो कारण यात्रु कम हुनु,’ विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भने, ‘काठमाडौंबाट बसमा यात्रुलाई भैरहवाबाट ल्याउनुपर्छ। मौसम खराब भएर यहाँबाट उडान भएन भने फेरि काठमाडौं पुर्‍याउनुपर्छ।’

जजिराले मौसममा सुधार आएपछि नियमित उडान गर्ने बताएको उनले जानकारी दिए। तर यसका लागि अझै समय लाग्ने देखिन्छ।

आन्तरिकतर्फका उडान पनि मौसमका कारण प्रभावित भएको उनले बताए। आन्तरिकतर्फ दैनिक १८ देखि २० वटासम्म उडान हुनेमा हाल ५ वटा उडान हुन पनि मुश्किल रहेको उनको भनाइ छ। उडान प्रभावित हुँदा भैरहवाबाट काठमाडौंका लागि यातायातमार्फत यात्रा गरिरहेको समेत उनले जानकारी दिए।

कम ‘भिजिबिलिटी’ का कारण अन्य मुलुकबाट गौतमबुद्ध आउने चार्टर्ड उडान समेत अवतरण हुन सकेका छैनन्। विशेषगरी अंग्रेजी नयाँ वर्षका लागि लुम्बिनी आउने हवाई पर्यटकहरूलाई समस्या भएको छ।

‘आज बिहान भारतबाट एउटा चार्टर्ड उडान आउने तालिका थियो। मौसमकै कारण उडान डाइभर्ट भएर उतै फर्कियो,’ दाहालले भने, ‘लुम्बिनी आउने भारतीय पर्यटकहरू यति बेला समस्यामा छन्।’

उनका अनुसार यो विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सयदेखि दुई हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ। भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिबिलिटी दुई सय मिटर हाराहारीमा पुग्छ। घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान प्रभावित भइरहेको उनी बताउँछन्।

विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम-आइएलएस) जडान छ। तर कार्यान्वयनमा आउन सकेको छैन।

‘आइएलएस रेडियो नेभिगेसन प्रणाली हो। यसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ,’ उनले भने, ‘आइएलएस प्रणाली कार्यान्वयन गर्दा लागि भारतीय आकाश पनि प्रयोग गर्नुपर्ने हुनसक्छ। यसका लागि भारत सरकारको स्वीकृति आवश्यक पर्छ।’

आइएलएस प्रणाली सञ्चालनमा आएमा कम भिजिबिलिटीमा पनि उडान गर्न सकिने उनको भनाइ छ।

‘आइएलएस कार्यान्वयन हुने हो भने ८ सय मिटरसम्मको भिजिबिलिटीमा विमान अवतरण गराउन सकिन्छ,’ उनले थपे, ‘सरकारले पहल गरेको खण्डमा मात्र भारतले स्वीकृति दिएर यो प्रणाली सञ्चालन हुन सक्छ।’

यो विमानस्थल सञ्चालनमा आएपछि कुवेतको जजिरा एयरवेजले उडान गर्दै आएको थियो। सुरूमा हप्तामा ३ उडान गरेको जजिराले दसैंको समयमा करिब एक महिना दैनिक उडान गर्‍यो। त्यसपछि फेरि हप्तामा तीन दिन (शनिबार, मंगलबार र बिहीबार) मात्रै उडान गर्दै आएको थियो। अहिले भने जजिराले आफ्ना सबै उडान काठमाडौं सारेको छ।

त्यस्तै कात्तिक १७ गतेबाट चार्टर्डमार्फत हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसिया उडान सुरू गरेको थियो। हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ र गौतमबुद्धमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ पाउने शर्तमा उडान सुरू गरेको थियो। तर नागरिक उड्डयन प्राधिकरणले काठमाडौं र भैरहवाका दुवै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सलाई दिइसकेको छ। शर्तअनुसार भैरहवा गए पनि पूरा नभएपछि उडान रोकिएको स्रोतले बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार