रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक

बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको छ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
यसअघि नै उपमहानगरपालिकामा दर्ता नभएका र सवारी चालक अनुमति पत्र नलिएका चालकलाई विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाउने निर्णय गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन।
विद्युतीय रिक्साका कारण बजार क्षेत्र नै अस्तव्यस्त बनेको भन्दै आइतवारदेखि भने यसअघिको निर्णय कार्यान्वयन गर्न लागिएको हो।
बुटवलमा हाल साढे ४ हजार भन्दा बढि विद्युतीय रिक्सा सञ्चालनमा रहेका छन्। तर उपमहानगरपालिकामा दर्ता भएका रिक्साको संख्या भने १ हजार २ सय ५६ मात्रै छ। यसअघि उपमहानगरपालिकाले तयार पारेको कार्यविधिअनुसार अब १ सय ८४ मात्रै विद्युतीय रिक्सा दर्ता गर्न बाँकी छ।
बुटवलमा १ हजार ४ सय ८४ वटा विद्युतीय रिक्सा आवश्यक रहेको र दर्ता गर्न बाँकि १ सय ८४ रिक्सा पनि स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमति पत्र भएकालाई मात्र प्राथमिकता दिनेगरि कार्यविधि तयार गरिएको थियो।
Esewanic
सोहि अनुसार आईतबारदेखि दर्ता नगरि गैरकानुनी रूपमा सञ्चालनमा रहेका विद्युतीय रिक्साको सञ्चालनमा रोक लगाईएको हो। दर्ता नगरी सञ्चालन भएका रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका रिक्सा पहिचानमा समस्या भएपछि सञ्चालनमा रोक लगाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए।
पाण्डेले अब उपमहानगरपालिकामा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालन गरेको पाईएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने बताए।
उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले जथाभावी सञ्चालन गरिएका विद्युतीय रिक्साका कारण सडकमा ट्राफिक जाम भएको र नगरनै अस्तव्यस्त बन्दै गएकोले दर्ता नभएका रिक्सा सञ्चालनमा रोक लगाउनुपरेको बताईन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताए। उनले दर्ता नगरी सञ्चालन गरेका विद्युतीय रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने बताए।
बुटवलमा दुई वर्ष पहिले नै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको व्यवस्थापन शुरु भएको थियो।
अब बुटवलमा दर्ता भएर सञ्चालन भइरहेका विद्युतीय रिक्सालाई नियमन गर्ने, करको दायरामा ल्याउने र त्यसरी कानुनी दायरामा नआउनेलाई खारेज गर्ने र नयाँ प्रक्रिया शुरु गर्ने उपमहानगरपालिकाले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार