३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवलमा बलेरो पिकअप जिप दुर्घटना

बुटवलको अस्पताल लाईनमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका वडा नं १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त जिप अनियन्त्रीत भई पल्टिदा भएको दुर्घटनामा परि सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्।

घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार तिव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर विपरित दिशामा पुगेको थियो।

सडकको एउटा किनारबाट अर्को किनारमा पुगेको उक्त जिपले ठक्कर दिँदा सडक किनारमा रहेको बिजुलीको पोल समेत भाच्चिएको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित