जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

सुरु भयो बुटवलमा सडक खाना महोत्सव (फोटो फिचर)

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो सडक खाना महोत्सव आयोजना गरिएको हो ।

बुटवल– ९ तीनकुने चोकदेखि नयाँ बसपार्कसम्म निर्माणाधीन कालिकापथ सडकको दायाँबायाँ सडक खाना महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा विभिन्न खानाका परिकारहरुको एक सयभन्दा बढी स्टल राखिएको छ ।

सडक खाना महोत्सवको शुक्रबार एक कार्यक्रमबीच संघीय सांसद तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेका छन् । उक्त अवसरमा सांसद विश्वकर्माले बुटवललाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने बताए ।

आर्थिक केन्द्रसँगै बुटवल होटल तथा पर्यटन क्षेत्रमा अब्बल शहरको रुपमा विकास भएको उनको भनाइ छ ।

संघका अध्यक्ष रामप्रसाद गौतमले साँझ ६ देखि राति १२ बजेसम्म सडक खाना महोत्सव सञ्चालन हुने बताए ।

‘नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारी सृजना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सडक खाना महोत्सव आयोजना गरिएको महासचिव माधव खनालले बताए । महोत्सवमा करिब १ करोडको आर्थिक कारोबार हुने र १ लाख बढीले अवलोकन गर्ने आयोजकहरुको अनुमान छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित