निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

सुरु भयो बुटवलमा सडक खाना महोत्सव (फोटो फिचर)

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो सडक खाना महोत्सव आयोजना गरिएको हो ।

बुटवल– ९ तीनकुने चोकदेखि नयाँ बसपार्कसम्म निर्माणाधीन कालिकापथ सडकको दायाँबायाँ सडक खाना महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा विभिन्न खानाका परिकारहरुको एक सयभन्दा बढी स्टल राखिएको छ ।

सडक खाना महोत्सवको शुक्रबार एक कार्यक्रमबीच संघीय सांसद तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेका छन् । उक्त अवसरमा सांसद विश्वकर्माले बुटवललाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने बताए ।

आर्थिक केन्द्रसँगै बुटवल होटल तथा पर्यटन क्षेत्रमा अब्बल शहरको रुपमा विकास भएको उनको भनाइ छ ।

संघका अध्यक्ष रामप्रसाद गौतमले साँझ ६ देखि राति १२ बजेसम्म सडक खाना महोत्सव सञ्चालन हुने बताए ।

‘नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारी सृजना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सडक खाना महोत्सव आयोजना गरिएको महासचिव माधव खनालले बताए । महोत्सवमा करिब १ करोडको आर्थिक कारोबार हुने र १ लाख बढीले अवलोकन गर्ने आयोजकहरुको अनुमान छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित