बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

लुम्बिनी प्रदेशको पैचोले पायो ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड

काठमाडौं । लुम्बिनी प्रदेशको गुल्मीबाट संचालित पैचो पसल प्रालीले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले पैचो पसल प्रालीलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो ।
प्रालीका संचालक समिति सदस्य राजन पौडेलले कम्पनीको तर्फबाट सो अवार्ड ग्रहण गरेका छन् । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई कर्पोरेट क्लबले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।
यसवर्ष क्लबले विभिन्न २२ विधामा अवार्ड र सम्मान प्रदान गरेको छ । लुम्बिनी प्रदेशबाट यो अवार्ड पाउने पैचो पहिलो संस्था हो । ‘बसे पनि शहर गाउँकै खाने रहर’ नाराका साथ गुल्मीको बलेटक्टारमा केन्द्रीय कार्यलय रहेको पैचो पसलले पहाडी र उच्च पहाडी भूभागका किसानले उत्पादन गरेका खाद्य वस्तु र तरकारी खरिद गरि बिक्रि गर्ने गरेको छ । किसानका उत्पादनलाई पैचोले अत्याधुनिक कारखानामा प्रशोधन गरेर पैचो ब्राण्डमा विभिन्न खाद्य पदार्थ बजारमा बिक्रि गर्दै आएको छ । पैचोका उत्पादन केही समय अघिदेखि संयुक्त राज्य अमेरिकामा समेत निर्यात हुन थालेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित