रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

बैंकको ज्यादती विरुद्ध बुटवलका उद्योगी व्यवसायी पनि आन्दोलित

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुले उद्योगी व्यवसायीहरु प्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै दाङमा प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले यहि पुसको २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतीवेला सम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाण्डौं केन्द्रित आन्दालन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार बुटवलमा क्रियाशिल बिभिन्न व्यवसायिक संघसंस्थाहरुले हस्ताक्षर संक्रलन कार्यक्रम गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए ।
उनका अनुसार यो कार्यक्रम २१ गतेसम्म जारी रहने छ । संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल राष्ट्र बैंकलाई बुझाईने छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पँुजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरुको अव्यबहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पु¥याएको उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकको नीतिकै कारण बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर बढाउँदै लैजाँदा उद्योगी व्यवसायी तिर्नै नसक्ने स्थितीमा पुगेका छन् । बुटवलमा मात्रै चार पाँच जना व्यवसायीले आत्महत्या गरिसकेको उनले दावी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले आज देखि २१ गतेसम्म हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला नगर उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । त्यस्तै १७ गते आईतबार कालो पट्टि बाधेर विरोध प्रर्दशन गर्ने, जनप्रतिनीधि र बैंकका प्रमुखहरुलाई राखेर व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गर्ने, १९ गते राष्ट्र बैंक भएका ठाउँमा रराष्ट्र बैंक र नभएका ठाउँमा जिल्ला प्रशासन कार्यालयमा कालो पट्टि सहित धर्ना दिने र त्यसबेला सम्म पनि आफूहरुका माग सम्बोधन नभए प्रदेश उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर काठमाण्डौं केन्द्रित कार्यक्रमको तयारी गर्ने कार्यक्रम तय भएको छ । सोही अनुसार यहाँका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विमलराज भटट्राईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित