लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भोली देखि बुटवलमा सडक खाना महोत्सव हुँदै

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा सडक खाना महोत्सव आयोजना गर्दै छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारहरुलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले शुक्रवारदेखि तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।
बुटवल वडा नं. ९ तिनकुने चोकदेखि माथी नयां बसपार्क सम्म निर्माणाधिन कालिकापथ सडकको दायांवायां आयोजना गरिने महोत्सवमा विभिन्न खानाका परिकार सहितका १ सय बढि स्टल सहभागि हुने छन् । संघका अध्यक्ष रामप्रसाद गौतमले सांझ ६ बजेदेखि राती १२ बजेसम्म संचालन हुने सडक खाना महोत्सवको शुक्रवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सडक खाना महोत्सवले बुटवलमा होटल व्यवसाय प्रवद्र्धनको लागि सघाउ पु¥याउने बताए ।
संघले यसअघि २०७५ सालमा पहिलो र ०७६ सालमा दोश्रो सडक खाना महोत्सव आयोजना गरेका थिए । कोभिड महामारीका कारण पछिल्ला दुईवर्ष खाना महोत्सव आयोजना हुन नसकेकोमा गत बैशाख १ गते बुटवलकै हिलपार्कमा तेश्रो खाना महोत्सव आयोजना गरेका थिए ।
यसपटक चौथो पटक सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए ।
संघका महासचिव माधव प्रसाद खनालले सडक खाना महोत्सवले सुस्ताएको पर्यटन व्यवसायलाई जगाउने र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित