दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भोली देखि बुटवलमा सडक खाना महोत्सव हुँदै

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा सडक खाना महोत्सव आयोजना गर्दै छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारहरुलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले शुक्रवारदेखि तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।
बुटवल वडा नं. ९ तिनकुने चोकदेखि माथी नयां बसपार्क सम्म निर्माणाधिन कालिकापथ सडकको दायांवायां आयोजना गरिने महोत्सवमा विभिन्न खानाका परिकार सहितका १ सय बढि स्टल सहभागि हुने छन् । संघका अध्यक्ष रामप्रसाद गौतमले सांझ ६ बजेदेखि राती १२ बजेसम्म संचालन हुने सडक खाना महोत्सवको शुक्रवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सडक खाना महोत्सवले बुटवलमा होटल व्यवसाय प्रवद्र्धनको लागि सघाउ पु¥याउने बताए ।
संघले यसअघि २०७५ सालमा पहिलो र ०७६ सालमा दोश्रो सडक खाना महोत्सव आयोजना गरेका थिए । कोभिड महामारीका कारण पछिल्ला दुईवर्ष खाना महोत्सव आयोजना हुन नसकेकोमा गत बैशाख १ गते बुटवलकै हिलपार्कमा तेश्रो खाना महोत्सव आयोजना गरेका थिए ।
यसपटक चौथो पटक सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए ।
संघका महासचिव माधव प्रसाद खनालले सडक खाना महोत्सवले सुस्ताएको पर्यटन व्यवसायलाई जगाउने र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित