घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर) रुपन्देहीको मोर्डन स्कुलको बार्षिक उत्सव भब्य सेमलारमा इन्डो–नेपाल मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र                
समाचार :

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

बुटवल ।
रुपन्देही पुस १० गते । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रुपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस ११ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सीले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गरेकी थिईन ।
जसमा बलात्कारका ६० बलात्कार प्रयास १४, यौन दुर्व्यवहारका १२, मानव बेचबिखन तथा ओसार पसारका दुई, बहु बिवाह पाँच, बाल विवाह एक , पारिवारीक हत्या आठ , आत्महत्या दुरुत्साहन दुई , गर्भपतन एक,अपहरण तथा शरिर बन्धक एक र घरेलु हिंसाका ५ सय ५५ ओटा गरी ६ सय ५५ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरेकी थिईन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफुहरु संवेदनशिल भएर लागेको र कहिलेकाही एक जनाको अधिकारको पक्षमा बोल्दा धेरै जनाको अधिकार हनन हुनसक्ने अवस्था काम गर्दा गर्दे सानातिना समस्याहरु आउने गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नु आफुहरुको बाध्यता भएकोले कारागारको स्तान्तरण गर्ने गरी ओमसतिया गाउँपालिकासँग समन्य तथा प्रक्रिया अगाडी बढेको भन्दै छिटो भन्दा छिटो कागागारलाई स्तान्तरण गरी सुधारगृहका रुपमा विकास गर्नुपर्ने बताए ।
बालसुधार गृहको अहिलेको अवस्था सुधार गृह भन्दा पनि यातना गृहको जस्तो भएकोले यसलाई नीतिगत रुपमै सुधार गरेर अगाडी बढनुपर्ने साथै बालसुधार गृह स्थानीय प्रशासन अन्तरर्गत नभएकोले प्रशासनिक हिसाबले केही गर्न नसकिने उनको भनाई छ ।
कार्यक्रममा सशस्त्र प्रहरी वल सीमा सुरक्षाका एसपी गगन श्रेष्ठले पहिलाको र अहिलेको प्रहरी धेरै फरक भएको बताउदै किसानहरुलाई मलखाद ल्याउने क्रममा धरपकड गरेको होइन उनीहरुको मर्कालाई बुझेर सहजीकरण गरेको बताए ।
जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका शाखा अधिकृतधनिश्वर पन्थीले बालमैत्री शिक्षाका लागि आफुहरु प्रतिवद्ध भएकोले राज्यले गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आफुहरुले स्थानीय तहलाई सहजीकरण गर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख दिपक ठाकुरले इन्सेकले गरेको अभिलेखमा सबै कुरा समेटिएकोले त्यसको निरन्तरता र किसानका सवालहरुलाई पनि अभिलेख गर्न सुझाव दिए ।
जिल्ला बारएशोशिएसन रुपन्देहीका अध्यक्ष शिवहरी अधिकारीले पछिल्लो समयमा जवरजस्ती करणीका मुद्दाहरु बढेको र यो बढनुको कारण जनचेतनाको कमी भएका कारणले र बालबालिकाको समय १८ वर्ष राख्दाखेरी पनि यस्तो समस्या आएको बताए ।
नेकपा एमाले जिल्ला कमिटी उपसचिव हितराज पन्थीले इन्सेकले मानवअधिकारको क्षेत्रमा पुरयाएको योगदान र मानवअधिकार उल्लंघनका घटनाहरुको अभिलेखिकरण गरेकोमा धन्यवाद दिंदै आगागी दिनमा मानवअधिकार उल्लंघनका कारण खोतल्न र राज्यका तिनवटै अंगहरुको कार्यको पनि अनुगमन गरेर प्रतितिवेदनमा राख्न र न्यायको विषयमा प्रतिवेदनमा राख्न सुझाव दिए ।
बरिष्ठ पत्रकार माधव ढुंगानाले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सेवाको भावना भन्दा पनि व्यापारिकरणको भएको भन्दै यस्ता मान्छेको जीवनसँग जोडिएका विषयमा व्यापारीकरण हुनु दुखद भएकोले यस्ता विषयमा पनि इन्सेकले अनुगमन तथा अभिलेख राख्न र यस्ता सवाललाई फोकस गर्न सुझाव दिए ।
अधिवक्ता नसिंङ चौधरीले मानव अधिकार उल्लंघनका घटनाहरू सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकका रुपमा सरकारले गर्न नसकेको काम गर्दे आएकाले राज्य पक्ष र गैरराज्य पक्षबाट हुने घटनालाई खबरदारी गर्दै आउनु आम नागरिहरूका लागि दस्तावेज रुपमा अनुभइरहेको बताए ।
कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसी, माइती नेपालका प्रमुख माया क्षेत्री लगाएतले सुझाव दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका ३२ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार