निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

युवाकवी महेश्वरको ‘संवेदनाको आकार’ लोकार्पण

बुटवल । अनुराग साहित्य समाज नेपाल रुपन्देही देवदहको तेस्रो अधिवेशन तथा कृति लोकार्पण र सृष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
देवदहमा भएको कार्यक्रममा समाजको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ भने कवि महेश्वर शर्माको ‘संवेदनाको आकार’ नामक कविता संग्रहको लोकार्पण गरिएको हो । समाजको सम्पन्न अधिवेशनले राजु अर्याल अविरल (यमलाल) को अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।
समाजको बरिष्ट उपाध्यक्षमा सरस्वती बस्याल, उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, सचिवमा शिवप्रसाद काफ्ले, कोषाध्यक्षमा अनन्तराम भण्डारी र सहसचिवमा राजकिरण अर्याल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा गोमा बस्याल, जानुका लम्साल, पुजा ढुङ्गना, राहुलदेव सापकोटा लगायत रहनु निर्वाचन संयोजक अधिवक्ता डासीराम पाण्डेले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बरिष्ट साहित्यकार तथा सञ्चारकर्मी डाक्टर नवराज लम्सालले साहित्यले मानवजीवनलाई सहज र सलर बनाउन मद्दत गरेको बताए।
साहित्य मानवजीवनको अनुभव भएको उल्लेख गर्दै साहित्य सृजनामा पछिल्लो समयमा आएको अभावलाई परिपुर्तीगर्न साहित्यिक सर्जकहरुलाई प्रोत्साहन गर्ने कार्य गर्नु पर्नेमा जोड दिए।
समाजका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ट गजलकार डाक्टर घनश्याम न्यौपाने परिश्रमीले साहित्य अनुभव भएकाले अनुभवलाई सृजनामा बगाउनु पर्नेमा जोड दिए । कार्यक्रममा साहित्यकार तथा कथाकार महेश पौडेल, कवि महेश कार्की क्षितिज, गिरी श्रीस, शम्भु अर्याल, यज्ञप्रसाद न्यौपाने लगायतले साहित्य र सृजनाको महत्व धेरै भएकाले यसलाई जीवन्त राख्न सबैको सहकार्य आवश्यक रहेको बताए ।
समाजका सचिव श्यामप्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा अनुराग साहित्य समाजले नरेन्द्र अनुराग साहित्य सम्मानबाट कथाकार लक्ष्मीकिशोर सुवेदी, निवन्धकार दीनबन्दु पन्थी, कवि गिरी श्रीस र शम्भु अर्याललाई नगद सहित सम्मान गरेको छ । उक्त सम्मानका लागि कवि महेश्वर शर्माले बाबा नरेन्द्र शर्मा र आमा सरस्वती शर्माको नाममा नरेन्द्र साहित्यिक सम्मान अक्षयकोष स्थापना गरेका थिए ।
यस्तै अनुराग साहित्य समाजको स्थापना गर्न सक्रिय बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै समाजका सल्लाहकार डाक्टर घनश्याम न्यौपाने परिश्रमी, संस्थापक सदस्यहरु युवराज गैरे, झविन्द्र देवकोटा, पुरुषोत्तम अधिकारी, प्रकाश पराजुली, सुशील श्रेष्ठ लगायतलाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रमको अवसरमा लोकार्पण गरिएको ८४ पेजको उक्त ‘संवेदनाको आकार’ कविता संग्रहमा कवि महेश्वर शर्माका ‘आमा र सागर, आकार, अग्नीको ताप, आफन्त, झुट, समय, ठेगाना, उनको निन्द्रा, चिठी, जन्मदिन’ लगायतका शिर्षकका ७९ वटा मार्मिक लयवद्ध कविताहरु प्रकाशित छन् ।
प्रवासमा ( हाल अष्ट्रेलियामा) बसेर पनि नेपाली साहित्यमा शर्माले चलाएको कमल साहित्यिक सर्जकका लागि एक उदाहरणीय र सिकाईको विषय भएको समालोचक तथा साहित्यकार चन्द्रकान्त पराजुलीले बताए । कविता संग्रह पठनीयसँगै उत्तिकै मानव जीवन अनुभवको बोध गराउने भएको उल्लेख गर्दै समालोचक साहित्यकार पराजुलीले शर्माका कविताले बास्तवीक जीवनलाई दर्शाएको समिक्षा गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित