निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

सुनचाँदी व्यवसायी संघद्वारा रक्तदानको आयोजना

 

बुटवल ।

बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवल शाखाको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०६ युनिट रगत संकलन भएको जनाइएका छन् ।

कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचादी व्यवसायी संघले व्यवसायीक हकहितका लागि मात्र आफ्नो गतिविधि सामाजिक उत्तरदायीत्व पुरा गर्नेतर्फ पनि प्रतिवद्ध भएको यस कार्यक्रमले स्पष्ट पारेको बताए । उनले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदानको महत्वका बारेमा व्यवसायीहरुले पनि जनचेतनाका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए ।

संघका अध्यक्ष गोकुल विश्वकर्माले संस्थाले गरेका मानविय कार्यलाई निरन्तरता दिदै व्यवसायीक हकहितका लागि एक भएर लाग्न आग्रह गरेका थिए । नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया सिलवालले रगतको अभावमा धेरैजनाको ज्यान जाने गरेको उल्लेख गर्दै रक्तदान कार्यक्रमलाई नियमित बनाउने तर्फ लाग्न सुझाव दिए ।

कार्यक्रममा रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, सुनचादी व्यवसायी संघका लुम्बिनी प्रदेश सचिव हरि विक लगायत बोल्दै मानविय कामका लागि सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु धारणा राखे ।

संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रेमबहादुर सुनारले र सञ्चालन संघका सचिव चुरामणी विकले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित