लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

देउखुरीबाट सेवा सुरु गर्दै प्रदेशसभा सचिवालय

लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालयको अब दैनिक कार्यसम्पादनका काम स्थायी राजधानीबाटै सुरु गर्ने भएको छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट सबै काम सुरु गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अहिले प्रदेशसभा सचिवालयले दैनिक कार्य मुकाम बुटवलबाट गर्दै आएको छ । ‘प्रदेश सरकारले आफ्नो काम दाङबाट सुरु गरिसकेको छ, प्रदेशसभाको काम पनि उहीबाट गर्नुपर्छ भनेर हामीले तयारी थालेका छौं’, प्रदेशसभा सचिव दुर्भकुमार पुनले भने ।

पुनका अनुसार प्रदेशसभाका सबै कामकाज भोलि (पुस ११) देखि स्थायी राजधानीबाट हुनेछ । ‘अहिले सामान सार्ने काम भइरहेको छ, भोलिदेखि दाङबाट काम गर्छौं’, उनले भने ।

दाङ देउखुरीमा ५ करोड २० लाखमा प्रदेशसभा भवन निर्माण सकिएको छ । भवनमा केही सामान्य काम मात्रै बाँकी छ । अबको प्रदेशसभा बैठक र नव निर्वाचित प्रदेशसभा सदस्यको सपथ स्थायी राजधानीमा बनेको नयाँ भवनमा गराउने तयारी छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै अब कामकाज स्थायी राजधानीबाट गर्ने जनाएको छ । पुनका अनुसार प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । ‘कर्मचारी आइसक्नुभएको छ, भोलिदेखि नियमित काम यहीबाट हुनेछ’, उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित