बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

महिमा ज्योती मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान

बुटवल,पुस ८ । महिमा ज्योती मण्डली बुटवल–११ देवीनगरको आयोजनामा ‘क्रिसमस डे’ को अवसरमा ख्रीष्टमस शुभकामना आदान–प्रदान सम्पन्न भएको छ । महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
येशू ख्रिष्टको जन्मोत्सव एवं ईसाईहरुको महान पर्वको अवसरमा मण्डलीले कार्यक्रम गर्दै आएको छ । शुभकामना कार्यक्रममा बोल्दै अर्यालले कसैलाई पनि धर्मकै आधारमा काखा–पाखा गर्न नलागाइने बताए । उनले धार्मिक स्वतन्त्रता वा धर्म मान्न,त्याग गर्न पाउने मानव अधिकार तथा अभिव्यक्ती दिन पाउने अन्तर्राष्ट्रिय मानव अधिकारले अधिकार दिएको समेत बताइन । ज्योति मण्डलीका सल्लाहकार मनोहर पाठकले ख्रीष्टमस अवसरमा नेपाली दाजुभाई दिदिबहिनी तथा नेपालका सम्पूर्ण मण्डली परिवारमा शुख शान्ति एवम उत्तरउत्तर प्रगतिको शुभकामना दिए ।
कार्यक्रममा बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, आनन्दमान शाक्य लगायतले बोल्दै समाजमा धार्मिक स्वतन्त्रता कायम राख्न सवैको भुमिका महत्वपूर्ण हुने बताइन । मण्डलीका सचिव सन्तोष समिप चौधरीले मण्डलीले विभिन्न भौतिक निर्माण र आर्थिक सहयोग पनि गरेको जनकारी दिए ।
कार्यक्रमको सञ्चालन मिलन राईले गरेका थिए । सो कार्यक्रममा विभिन्न चर्चका पास्टर, अगुवा, जवान, समाजसेवी बुद्धिजिवी वर्ग ,राजनितिक पाटीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्रिसमन डे आइतबार रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित