दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

कालिका मानवज्ञान स्कुलका विद्यार्थीले बनाए गाडी चलाउँदा चालक निदाउँन नपाउने प्रविधि

बुटवल ।
सवारी साधन चलाउदा चलाउदै ड्राइभर निदाउदा धेरै दुर्घटना हुने गरेका छन । यो समस्यालाई कम गर्न विज्ञान विषय अध्ययनरत विद्यार्थीले सवारी साधन चलाउदा ड्राईभरलाई निदाउन नदिने र निदाएमा गाडी रोकिने यन्त्र बनाएकी छन ।

कालिका मानवज्ञान माबिले ६२ औं वार्षिकोत्सबको अवसरमा आयोजित विज्ञान प्रदर्शनिमा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रतिमा शर्माले बनाएको गाडी चलाउदा ड्राईभरलाई निदाउन नदिने यन्त्रले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

शर्माले बनाएको एन्टिस्लिप अलार्मलाई लाई चश्मामा जडान गरेर प्रयोग गर्नुपर्छ । चश्मा जडित यन्त्रले ड्राईभरको आँखा बन्द हुन थालेपछि अलार्म बजाएर संकेत गर्छ र केही सेकेन्डमा पनि आँखा नखोलेमा गाडिको इन्जिन बन्द गरिदिन्छ ।

पुस्तक अध्ययन र इन्टरनेटको अध्ययनबाट आफुले यस्तो यन्त्र बनाउन सकेको र यसले रिमोट सेन्सरको मद्दतले काम गर्ने विद्यार्थी शर्माले बताईन ।

विद्यार्थीले बनाएको यो यन्त्रलाई परिस्कृत बनाएर ब्यवसायिक प्रयोग गर्न सकिने बिज्ञान प्रदर्शनीका संयोजक कृष्ण प्रसाद अधिकारिले बताए ।
बिज्ञान प्रदर्शनिमा विद्यार्थीहरुले बनाएका सय भन्दा बढी उपकरण र प्रविधी प्रदर्शन गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित