रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

कालिका मानवज्ञान स्कुलका विद्यार्थीले बनाए गाडी चलाउँदा चालक निदाउँन नपाउने प्रविधि

बुटवल ।
सवारी साधन चलाउदा चलाउदै ड्राइभर निदाउदा धेरै दुर्घटना हुने गरेका छन । यो समस्यालाई कम गर्न विज्ञान विषय अध्ययनरत विद्यार्थीले सवारी साधन चलाउदा ड्राईभरलाई निदाउन नदिने र निदाएमा गाडी रोकिने यन्त्र बनाएकी छन ।

कालिका मानवज्ञान माबिले ६२ औं वार्षिकोत्सबको अवसरमा आयोजित विज्ञान प्रदर्शनिमा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रतिमा शर्माले बनाएको गाडी चलाउदा ड्राईभरलाई निदाउन नदिने यन्त्रले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

शर्माले बनाएको एन्टिस्लिप अलार्मलाई लाई चश्मामा जडान गरेर प्रयोग गर्नुपर्छ । चश्मा जडित यन्त्रले ड्राईभरको आँखा बन्द हुन थालेपछि अलार्म बजाएर संकेत गर्छ र केही सेकेन्डमा पनि आँखा नखोलेमा गाडिको इन्जिन बन्द गरिदिन्छ ।

पुस्तक अध्ययन र इन्टरनेटको अध्ययनबाट आफुले यस्तो यन्त्र बनाउन सकेको र यसले रिमोट सेन्सरको मद्दतले काम गर्ने विद्यार्थी शर्माले बताईन ।

विद्यार्थीले बनाएको यो यन्त्रलाई परिस्कृत बनाएर ब्यवसायिक प्रयोग गर्न सकिने बिज्ञान प्रदर्शनीका संयोजक कृष्ण प्रसाद अधिकारिले बताए ।
बिज्ञान प्रदर्शनिमा विद्यार्थीहरुले बनाएका सय भन्दा बढी उपकरण र प्रविधी प्रदर्शन गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित