बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

राजधानी अपायक र भेग नमिलेको गुनासोको अन्त्य : अमिक शेरचन

  • `
  • देउखुरी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यान्वयनले अन्त्य गरेको बताएका छन् । राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले अपायक र भेग नमिलेको गुनासोलाई आजबाट अन्त्य भएको बताए । उनले आधुनिक शहर बनाउने अवसरकारूपमा राजधानीलाई उपयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

    लुम्बिनी प्रदेश अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित प्रदेश भएको उल्लेख गर्दै महान दार्शनीक गौतमबुद्ध जन्मेको प्रदेश भएका कारण पनि लुम्बिनी प्रदेशमो छुट्टै महत्व रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी बोकेको प्रदेशसभाले संविधान बमोजिम नामाकरण र राजधानी तोकेको स्थानमा कार्यआरम्भ भएकोमा खुसी व्यक्त गरे । प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गरेकोमा मुख्यमन्त्री सहित प्रदेश सरकारलाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

    बिदेशी सहयोग आउने अवसरकारूपमा पनि राजधानी निर्माणमा लाग्न उनले प्रदेश सरकारलाई आग्रह गरे ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार