अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

आज लुम्बिनीको स्थायी राजधानीको औपचारिक उद्घाटन

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका मौरीघाटमा प्रदेश सरकारले सारिएका मन्त्रालय उद्घाटन गरेर औपचारिक काम थाल्दैछ । नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइने भएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले कार्यक्रमको उद्घाटन गर्ने छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, भर्खरै सम्पन्न संघ र प्रदेशसभा निर्वाचनका विजयी सांसद, स्थानीयबासीसहित २ हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए । स्थानीयको सहभागिता जुटाउन देउखुरीबासीलाई आव्हान गर्दै राप्ती गाउँपालिकामा सार्वजनिक बिदा पनि दिइएको छ ।

राप्ती उपत्यकाभित्रका राजपुर, गढवा, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट विभिन्न जाति, भाषा, समुदायका मौलिकता झल्काउने झाँकी तथा नृत्य प्रदर्शन पनि गरिनेछ ।

बुधबारको कार्यक्रमलाई सफल पार्न राप्ती गाउँपालिका कार्यालय मसुरियामा बसेको राजधानी व्यवस्थापन तथा समन्वय मूल समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

राजधानी व्यवस्थापन तथा समन्वय समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा दाङका सबै पालिकाका प्रमुख तथा उपप्रमुख, राप्ती, लमही तथा गढवा गापाभित्र क्रियाशील राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, होटल व्यवसायीलगायत सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार