एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली                
समाचार :

बिहानी बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधराणसभा सम्पन्न

बुटवल । बिहानी बचत तथा ऋण सहकारी संस्थाले सोमबार बुटवलमा १४ औ वार्षिक साधारण सभा सम्पन्न भरेको छ । साधारणसभाको उद्घाटन गर्दै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार जनक थापाले बचत गर्ने बानी बसाल्न सदस्यहरुलाई आग्रह गरे ।

साना–साना लगानीले जीवनमा आइपर्ने ठूला–ठूला अप्ठ्याराहरुमा सहयोग गर्ने बताउँदै उनले बचत गर्ने बानी बसाल्न आग्रह गरेका हुन् । बिरगाथा बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका थापाले उत्पादनसँग जोडिन सदस्यहरुलाई आग्रह गरे । बिहानीका अध्यक्ष लुम बहादुर थापा मगरले संस्थाले सदस्यहरुको आर्थिक समृद्धिका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिएको जानकारी गराए । सहकारीका सचांलक गोपालबहादुर थापा, पदम बहादुर टलांमी मगर लगायतले बोल्दै शुभकामना व्यक्त गरे ।

साधारणसभामा व्यवस्थापक इन्द्र बहादुर थापा आर्थिक प्रतिवदेनमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । आर्थिक प्रतिवेदन नुर बहादुर सारु थापाले प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समिति र ऋण समितीका ३÷३ जनालाई नगद राशीसहित सम्मान गरिएको थियो । कुमारी बलालको स्वागत भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार पिताम्बर रानाले शुभकामना व्यक्त गरे । सहकारीमा २४१ जना महिला तथा १२२ जना पुरुष गरी ३६३ जना सदस्य रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित