लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनायाे रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै                
समाचार :

चैतबाट मात्रै गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि स्थगित गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसाय बढाउन गरेको निर्णय हाललाई चार महिनाका लागि पछि सारिएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।

गौतम बुद्व विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसअघिको प्राधिकरणको निर्णयमा केही परिवर्तन भए पनि हाल उडान गर्दै आएका र उडान तालिका स्वीकृत भएका हवाई कम्पनीको उडान यथावत् रहने बताए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने प्राधिकरणको पूर्वतयारीअनुसार हाललाई अनिवार्य भनिएको उडान निर्देशनमा केही परिमार्जन गरिएको हो । चैत १२ देखि सुरु हुने ग्रीष्मकालीन उडान तालिका अनुसार भैरहवामा उडान गर्न प्राधिकरणले थप निर्णय गर्नेछ’, उनले भने ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगामी साताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्ने तयारी रहे पनि स्पेनिस कम्पनी सान्जोसेले निर्माण सामग्री हटाउन नसक्दा समय सारिएको बताए । विमानस्थलबाट अहिले कुवेतको जजिरा एयरले सातामा तीन उडान गरिरहेको छ । यहाँबाट व्यवसायिक दैनिक उडान गर्न यस क्षेत्रका व्यवसायीले दवाव दिँदै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित