रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

चैतबाट मात्रै गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि स्थगित गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसाय बढाउन गरेको निर्णय हाललाई चार महिनाका लागि पछि सारिएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।

गौतम बुद्व विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसअघिको प्राधिकरणको निर्णयमा केही परिवर्तन भए पनि हाल उडान गर्दै आएका र उडान तालिका स्वीकृत भएका हवाई कम्पनीको उडान यथावत् रहने बताए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने प्राधिकरणको पूर्वतयारीअनुसार हाललाई अनिवार्य भनिएको उडान निर्देशनमा केही परिमार्जन गरिएको हो । चैत १२ देखि सुरु हुने ग्रीष्मकालीन उडान तालिका अनुसार भैरहवामा उडान गर्न प्राधिकरणले थप निर्णय गर्नेछ’, उनले भने ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगामी साताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्ने तयारी रहे पनि स्पेनिस कम्पनी सान्जोसेले निर्माण सामग्री हटाउन नसक्दा समय सारिएको बताए । विमानस्थलबाट अहिले कुवेतको जजिरा एयरले सातामा तीन उडान गरिरहेको छ । यहाँबाट व्यवसायिक दैनिक उडान गर्न यस क्षेत्रका व्यवसायीले दवाव दिँदै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार