रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

बुटवल, मंसिर
लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजना तथा राष्ट्रिय योजना आयोग र विश्व खाद्य कार्यक्रमको संमन्वयमा ‘प्रदेशको खाद्य प्रणालीको समिक्षा तथा योजना तर्जुमा गोष्ठी मणिग्राममा गरिएको छ । कार्यक्रममा उद्घाटन गर्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चापागाईले कृषि क्षेत्रका विकासका लागि सबै जना हातेमालो गर्नुपर्ने बताए ।उनले कृषिको दिगो विकास विना आर्थिक समृद्धि संभव नभएको भन्दै सोही अनुसारको योजना तर्जुमा गरी कार्यान्वयनको पाटो जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका निमित्त सचिव अनिल मरासीनीले कृषि क्षेत्रका विकास बाट मात्रै अन्य क्षेत्रका विकास हुने बताए ।

कार्यक्रममा तिनाउ गाँउपालिकाका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले कृषि क्षेत्रलाई प्रथमिकता दिएर प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले ‘ओभरभ्यु एण्ड आउकम अफ नेसशन फुड सिस्टम डाईलगक्स एण्ड अब्जेटिभ एण्ड प्लान्स फर पोभिन्सले रिभ्यु एण्ड प्लानिङ्ग मिटिङ्ग ईन नेपालको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै आउटकम अफ लुम्बिनी प्रोभिन्सल डाईलग्स अफ २०२१, प्रागेस मेड एण्ड प्रोभिक्ट एक्सन फर द नेक्सट ३ एअर’ विषयमा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखा शिव प्रसाद अर्यालले लेकार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख राम प्रसाद पाण्डे, कृषि मन्त्रालयका बाली विकास अधिकृत शालीकरमा गौतम, पशु चिकित्सक, हरि प्रसाद पण्डीत, डा. उत्तम आचार्य, बुद्धि राम घिमिरे,निरशे धिताल, विबेक पन्त,यम बहादुर कुँवर लगायतले सहजीकरण समुहिक छलफलमा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार