लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनायाे रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै                
समाचार :

खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

बुटवल, मंसिर
लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजना तथा राष्ट्रिय योजना आयोग र विश्व खाद्य कार्यक्रमको संमन्वयमा ‘प्रदेशको खाद्य प्रणालीको समिक्षा तथा योजना तर्जुमा गोष्ठी मणिग्राममा गरिएको छ । कार्यक्रममा उद्घाटन गर्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चापागाईले कृषि क्षेत्रका विकासका लागि सबै जना हातेमालो गर्नुपर्ने बताए ।उनले कृषिको दिगो विकास विना आर्थिक समृद्धि संभव नभएको भन्दै सोही अनुसारको योजना तर्जुमा गरी कार्यान्वयनको पाटो जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका निमित्त सचिव अनिल मरासीनीले कृषि क्षेत्रका विकास बाट मात्रै अन्य क्षेत्रका विकास हुने बताए ।

कार्यक्रममा तिनाउ गाँउपालिकाका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले कृषि क्षेत्रलाई प्रथमिकता दिएर प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले ‘ओभरभ्यु एण्ड आउकम अफ नेसशन फुड सिस्टम डाईलगक्स एण्ड अब्जेटिभ एण्ड प्लान्स फर पोभिन्सले रिभ्यु एण्ड प्लानिङ्ग मिटिङ्ग ईन नेपालको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै आउटकम अफ लुम्बिनी प्रोभिन्सल डाईलग्स अफ २०२१, प्रागेस मेड एण्ड प्रोभिक्ट एक्सन फर द नेक्सट ३ एअर’ विषयमा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखा शिव प्रसाद अर्यालले लेकार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख राम प्रसाद पाण्डे, कृषि मन्त्रालयका बाली विकास अधिकृत शालीकरमा गौतम, पशु चिकित्सक, हरि प्रसाद पण्डीत, डा. उत्तम आचार्य, बुद्धि राम घिमिरे,निरशे धिताल, विबेक पन्त,यम बहादुर कुँवर लगायतले सहजीकरण समुहिक छलफलमा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित