३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रुपन्देहीबाट १ सय ५६ उम्मेदवारको जमानत जफत

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत ल्याएका प्रदेश सभातर्फ ८३ जनाको र प्रतिनिधी सभातर्फ ७३ जना उम्मेदवारको जमानत जफत भएको हो ।

उम्मेदवारी दर्ता गराएर पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेजी भएपछि रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन भएको थियो । विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधि सभाका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए भने ११४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।

रुपन्देहीको क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ मा १२, क्षेत्र नम्बर ३ मा २०, क्षेत्र नम्बर ४ मा १० र क्षेत्र नम्बर ५ मा १४ जना उम्मेदवारको जमानत जफत भएको छ । त्यस्तै प्रदेश सभा १ तर्फ क्षेत्र नम्बर १ मा ८, क्षेत्र नम्बर २ मा ९, क्षेत्र नम्बर ३ मा ८ क्षेत्र नम्बर ४ मा ३ र क्षेत्र नम्बर ५ मा १० जनाको जमानत जफत भएको छ भने । प्रदेश सभा २ क्षेत्र तर्फ क्षेत्र नम्बर १ मा ११, क्षेत्र नम्बर २ मा ७, क्षेत्र नम्बर ३ मा ८, क्षेत्र नम्बर ४ मा ८ र क्षेत्र नम्बर ५ मा ११ जना गरी प्रदेश सभा तर्फ कुल ८३ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचनले जानकारी दिएको छ ।

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मंसिर ३ गते सम्म १८ वर्ष पुरा भई मताधिकार भएका ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेकोमा ६७ दशमलव ८५ प्रतिशत मतदान भएको थियो । मतदान मध्ये प्रदेश सभा तर्फ ४ लाख ९ हजार ४ सय ९३ वटा सदर मत खसेको थियो भने प्रतिनिधी सभा तर्फ ४ लाख ७ हजार ४ सय ५३ वटा सदर मत खसेको थियो ।

निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको हकमा जमानत जफत हुने गरेको छ । प्रतिस्पर्धी उम्मेदवार मध्ये रुपन्देहीबाट ४७ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही रु. १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले जनही रु. पाँच हजार जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २२ बमोजिम प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौटी दाखिला गरेको रकमको धरौटी जफत हुने व्यवस्था छ ।

रूपन्जदेहीबाट मानत जोगाउन सफल प्रतिनिधी सभा तर्फका उम्मेदवार
निर्वाचन क्षेत्र नं. १ः छविलाल विश्वकर्मा (एमाले), धनीराम चौधरी (नागरिक उन्मुक्ति), नरेन्द्र बहादुर पछाई (राष्ट्रिय स्वतन्त्र), घनश्याम भुसाल (स्वतन्त्र)
निर्वाचन क्षेत्र नं. २ः विष्णु प्रसाद पौडेल (एमाले), केशब बहादुर थापा मगर (राष्ट्रिय जनमुक्ति), गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र)
निर्वाचन क्षेत्र नं. ३ः बालकृष्ण खाँण (कांग्रेस), दीपक बोहरा (राप्रपा),
निर्वाचन क्षेत्र नं. ४ः प्रमोद कुमार यादव (कांग्रेस), सवेन्द्रनाथ शुक्ला(लोसपा), भोपेन्द्र प्रसाद यादव (जनमत)
निर्वाचन क्षेत्र नं. ५ः बासुदेव घिमिरे (एमाले), भरत कुमार शाह (कांग्रेस), चन्द्रशेखर सोनार (जनमत)
स्रोत : जिल्ला निर्वाचन कार्यालय, रुपन्देही

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित