३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

नेवार कन्याहरुको ईहि शुरु

बुटवल । बुटवलमा नेवार कन्याहरुको सामुहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामुहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो । नेवारी कला, धर्म, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ २३ औ संस्करणको कार्यक्रम गर्न सफल भएको परिषदका अध्यक्ष काजीमान श्रेष्ठले बताए । काठमाडौका नेवार पंडित हरिशरण राजोपाध्यायले कन्या तथा उनिहरुको अभिभावकहरुलाई विधिपुर्वक ईहि संस्कारका सबै विधिहरु गर्दै आएका छन । नेवार समुदायको कन्या रजश्वाला हुनुभन्दा पहिले गरिने अनिवार्य संस्कारमध्ये ईहि एक भएको उनले बताए । सामुहिक ईहि गरिदा मितब्यायी हुने भएकाले पनि पछिल्लोसमय यसमा आकर्षण रहेको उनले बताए । पुचमार्फत विभिन्न अक्षयकोषहरु छन । जसबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले बताए । नेवार पितृहरुको सम्झनामा पितृ अक्षयकोष स्थापना गरेर यसमा ४ लाख रुपैयाभन्दा बढि रकम जम्मा भएको उनले बताए ।
पुचका सचिव तथा संयोजक लक्ष्मी श्रेष्ठले वार्षिक रुपमा ईहिलाई निरन्तरता दिदै आएको बताईन। यो वर्ष ३३ जना नेवार कन्याहरु सहभागी रहेका छन । सात जनाको ब्रतबन्ध समेत हुने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित