बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

डेरि ब्यवसायीको स्थापना दिवसमा रक्तदान

बुटवल । १४ औ स्थापना दिवसको अवसरमा रुपन्देही डेरि ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघ डेरि बस्तुगत समितिको सहआयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शुभारम्भ गर्दै सामाजिक कार्यमा बुटवलका ब्यवसायिक संस्थाहरुको योगदान रहेको बताए ।

कार्यक्रममा समितिका अध्यक्ष अमृतसिह भण्डारीले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा समेत ब्यवसायीहरुको योगदान रहेको बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले ब्लड बैकमा नियमित कार्यक्रम भएपनि रगतको अभाव रहेको बताए । रक्तदानप्रति अझै पनि मानिसहरुमा गलत सोचका हाबि हुदा दाता कम भएकाले अधिकास समय रगतको अभाव देखिने गरेको उनले बताए । कार्यक्रम संयोजक विष्णु पाण्डेले ५० युनिट रगत संकलन भएको बताए ।

समितिमा हाल ४ सय सदस्यहरु दुग्ध ब्यवसायमा आवद्ध छन । कार्यक्रममा समितिका सल्लाहकार कृष्ण भट्टराई, महासचिव पदम पौडेलले रक्तदानको महत्व बुझाउने गरि कार्यक्रम गरिदै आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित