बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने

नेपाल एयरलाइन्सले आगामी पुस ४ (डिसेम्बर १९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगमले) ले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ। एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवामा सिधा उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

यसका लागि नेपाल एयरलाइन्सले गत साता उडान अनुमति मागेको थियो। एयरलाइन्सकै मागअनुसार प्राधिकरणले ‘विन्टर सेड्युल’ स्वीकृत गरेको हो।

प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ।

सूचना अधिकारी भुलका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान एउटा हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरेको हो।

यसअघि प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै ३० अक्टोबरबाट लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको नेपाल एयरलाइन्सको उडान कटौती गरेको थियो। प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन स्वदेशी वायुसेवा कम्पनीलाई भैरहवाबाट उडान गर्न निर्देशन दिएको थियो। भैरहवाबाट अनिवार्य उडान गराउन प्राधिकरणले केही समयअघि काठमाडौंबाट भइरहेको केही रूटहरूको नियमित उडान कटौती गरिएको थियो।

फलस्वरूप कात्तिक १७ गतेबाट हिमालय एयरलाइन्सले काठमाडौं-भैरहवा-क्वालालम्पुर दैनिक चार्टर्ड उडान गरिरहेको छ। अब नेपाल एयरलाइन्सले पनि दुई देशबाट भैरहवामा सिधा उडान गर्ने भएको हो।

यसअघि विन्टर सेड्युलका लागि कटौती भएको दिल्लीसहितका अन्तर्राष्ट्रिय उडानको तालिका पुनः स्वीकृत भएको सूचना अधिकारी भुलले जानकारी दिए।

‘३० अक्टोबरबाट लागू हुने गरी दैनिक तीनभन्दा बढी उडान हुने वायुसेवालाई प्राधिकरणले काठमाडौं विमानस्थलमा ट्राफिक जाम भएकाले भैरहवा जान भनेको थियो। नगएकाको उडान कटौती भएको थियो,’ उनले भने, ‘अब त्रिभुवन विमानस्थलबाट पनि वायुसेवाले मागेकै आधारमा पुरानै तालिकाअनुसार उडान स्वीकृत गरिएको छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार