लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

एमालेको नेतृत्वविना देशले निकास पाउन्न : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको नेतृत्वविना देशले सही निकास पाउन नसक्ने बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलले वहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने बताए । पौडेलले निर्वाचनबाट कसैको वहुमत नआउनु देशका लागि दुर्भाग्यपुर्ण भएको बताएका छन् । कुनै दलको वहुमत नआउंदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको पौडेलको भनाई थियो । राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएपनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेको वहुमत आउन नसकेको पौडेलले बताए । एमालेका शीर्ष नेताहरुलाई पराजित गर्ने योजना रहेपनि त्यो प्रयास सफल नभएको बताए । ‘एजेण्डाका हिसाबले एमालेले वहुमत पाउनुपर्ने हो तर पाएन’–पौडेलले भने ।
पौडेलले रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिवद्धता जनाए ।
पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफु सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दुरी नराखी समदुरी राखेर व्यवहार गर्ने बताए । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको अविस्मरणीय रहेको भन्दै सराहना गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित