तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

बहालवाला गृहमन्त्री खाँणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका बाेहरा निर्वाचित

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) नेता दीपक बाेहरा निर्वाचित भएका छन् । बाेहराले बहालवाला गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका हुन् ।

विजयी बाेहराले खाँणलाई २ हजार ६८१ मतान्तरले पराजित गरे । बाेहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेकाे रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम काेइरालाले जानकारी दिए ।

उनी २०३६ र २०४२ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित बाेहरा २०७४ काे निर्वाचनमा भने तत्कालीन एमाले नेता घनश्याम भुसालसँग क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए ।

बोहरा पंचायतदेखि गणतन्त्रसम्म सधैजसाे सरकारमा रहेका नेतामा पर्छन् । उनी ९ पटक मन्त्री भइसकेका छन् । २०३८ मा सहायक पर्यटन मन्त्री भएपछि उनकाे राजकीय यात्रा सुरु भएकाे थियाे । बोहरा २०३८ सालमा नै पर्यटन राज्यमन्त्री पनि भएका थिए । २०४० मा पनि उनी पर्यटन राज्यमन्त्री भए । २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री भएका उनी २०४४ मा निर्माण तथा यातायात मन्त्री बने ।

त्यसपछि बोहरा लामो समय मन्त्री भएनन् । जब मुलुकमा गणतन्त्र स्थापना भयो । त्यसयता उनी ४ पटक मन्त्री बने । २०६४ को संविधानसभा निर्वाचनमा पराजित बोहरा चुनाव हारेर पनि २०६६ मा वन तथा भू–संरक्षण मन्त्री बने । २०७० काे दाेस्राे संविधान सभा निर्वाचनमा विजयी उनी २०७२ मा श्रम तथा रोजगार मन्त्री बने । २०७३ मा आपूर्ति बनेका बाेहरा २०७४ मा स्वास्थ्य मन्त्री बनेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित