कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

प्रदीप ज्ञवालीले हार स्वीकार्दै लेखे- प्रतिकूल नतिजाको जिम्मेवारी लिन्छु

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । अन्तिम मत परिणाम आउनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले हार स्वीकारेका हुन् ।

‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन,’ ज्ञवालीले लेखेका छन्, ‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’

ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । उनले अघि लेखेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

गुल्मी-१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी ज्ञवालीलाई पछि पर्दै जित नजिक छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित