तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित

रुपन्देही । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् । विष्टले २८४७६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री २६४४२ मा रोकिइन् ।

५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएका थिए । ७० र ७४ मा पनि गोकर्णले जितेका थिए ।

को हुन् विष्ट ?

गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । उनी गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बने ।

२०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए । हाल उनी एमालेकै सचिव रहेका छन् ।

विष्टले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन् । विष्ट उर्जा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित दुईपटक मन्त्री भइसकेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित