अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

रुपन्देही २ मा २५ हजार मतगणना हुँदा एमालेका विष्णु पौडेल ७३८ ले अगाडि

रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।

दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेल अघि लागेका थिए । २५ हजार १४९मत गणना हुँदा नेकपा एमालेका विष्णु पौडेलले ८ हजार ५९४ मत पाएर अग्रता हासिल गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ७ हजार ८५६ मत पाएर पौडेललाई पछ्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ६ हजार ६०२ मत पाएर तेस्रो स्थानमा छन् । १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नं २ मा ८१ हजार मत खसेको थियो ।

यो क्षेत्रमा पौडेलले यसअघिका तीनवटा निर्वाचन लगातार जितेका थिए । सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेजीपछि पौडेललाई सहज ठानिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १५ हजार मत गणनासम्म निरन्तर अग्रता कायम राखेपछि यो क्षेत्र थप चर्चामा आएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार