बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

रुपन्देही २ मा २५ हजार मतगणना हुँदा एमालेका विष्णु पौडेल ७३८ ले अगाडि

रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।

दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेल अघि लागेका थिए । २५ हजार १४९मत गणना हुँदा नेकपा एमालेका विष्णु पौडेलले ८ हजार ५९४ मत पाएर अग्रता हासिल गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ७ हजार ८५६ मत पाएर पौडेललाई पछ्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ६ हजार ६०२ मत पाएर तेस्रो स्थानमा छन् । १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नं २ मा ८१ हजार मत खसेको थियो ।

यो क्षेत्रमा पौडेलले यसअघिका तीनवटा निर्वाचन लगातार जितेका थिए । सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेजीपछि पौडेललाई सहज ठानिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १५ हजार मत गणनासम्म निरन्तर अग्रता कायम राखेपछि यो क्षेत्र थप चर्चामा आएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित