

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ५३११ मत प्राप्त गरेका छन् ।
यसैगरी सुरुवातदेखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५१३६ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४०६० मत प्राप्त गरेका छन् । यश क्षेत्रमा १५ हजार ५७९ मत गणना भएको छ ।