निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तयार भए मतदान केन्द्र (फोटो फिचर)

बुटवल । भोली हुने निर्वाचनको तयारी पुरा भएको छ । मतदान स्थलहरु तयार भएका छन भने सुरक्षाकर्मी बुथ बुथमा पुगेका छन् । गत आईतबार देखि निर्वाचनका सामाग्री लिएर मतदान स्थलमा पुगेका कर्मचारीहरुले विहान ७ बजे देखि हुने मतदानका लागि तयारी पुरा गरेका हुन । कतिपय मतदान केन्द्रलाई अपाङगमैत्री तथा लैङगिक मैत्री पनि बनाइएको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पनि तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

भोली हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीबाट करिब साढे ६ लाख जना मतदानमा सहभागी हुने छन । जिल्ला निर्वाचन कार्यालयका जिल्लाका ६ लाख ३८ हजार ९ सय ५२ जना सहभागी हुनेछन । कार्यालयका अनुसार जिल्लाभर २ सय ८ मतदान स्थल रहेका छन ।

ती मतदान स्थलमा ७ सय २ मतदान केन्द्र रहेका छन । जिल्लामा ५ वटा अस्थायी मतदान केन्द्र रहेका छन ।

कार्यालयका अनुसार रुपन्देही क्षत्रेत्र नम्बर १ मा १ लाख ३९ हजार ५ सय ६० मतदाता छन । यस्तै, क्षेत्र नम्बर २ मा कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेका छन । रुपन्देही–३ मा कुल १ लाख ३२ हजार ७ सय ९१, क्षेत्र नम्बर ४ मा कुल १ लाख १० हजार ६ सय र क्षेत्र नम्बर ५ मा कुल १ लाख २९ हजार १ सय ३५ मतदाता रहेका छन ।

यता रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका  वडा नम्बर–८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयमा रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिस्पर्धी उम्मेदवार विष्णु पौडेल र केशव थापाले मतदान गर्नेछन ।

एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेल र राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव थापाले सोही मतदान केन्द्रमा मतदान गर्ने मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए । थापालाई सत्तारुढ गठबन्धनको साथ रहेको छ ।
मतदान केन्द्रमा एमालेबाट रूपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ र गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले पनि मतदान गर्नेछन ।

यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका छन । ज्ञवालीले भने, ‘उहाँहरु कतिबेला मतदान गर्न आउनुहुन्छ अझै टुंगो लागेको छैन । मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित