लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पत्रकार एनबी कंडेलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।

रुपन्देही सैनामैना नगरपालिका-१ रानी बगिया निवासी ३५ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा आबद्ध थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित