


बुटवल । गुल्मी क्षेत्र नम्वर २मा गठबन्धनका उम्मेदवारले भोट माग्न गैरकानुनी लोभ देखाएको भेटिएको छ ।
गठबन्धनका प्रदेश सभाका उम्मेदवार बुद्धि जिसी, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल सहितका नेता कार्यकर्ताले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुलाई लोभ देखाउँदै भोट मागेको युवाहरुले बताएका छन् ।
केहि समय अगाडि त्यहाँको धुर्कोट गाउँपालिकाले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुको नाम संकलन गरेको थियो । यद्यपी त्यो काम गैरकानुनी थियो । पछि काठमाडौंको एक एजुकेशन कन्सल्टेन्सी मार्फत युवाको डकुमेण्ट र पैसा संकलन गरि सेटिङमा केहि युवालाई कोरिया पठाइएको थियो ।
गत असार ३ गते अनलाईन खवरले स्थानीय तहसँगको सेटिङमा कोरियामा कामदार पठाउँदै एजुकेसन कन्सल्टेन्सी भन्ने समाचार प्रकाशित समेत गरेको थियो ।
श्रम विभागमा समेत यो विषयमा उजुरी परेपछि श्रम मन्त्रालयले गैरकानुनी रुपमा युवा पठाउन नपाइने भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।
हेर्नुस पत्र


अहिले धुर्कोट गाउँपालिकाका झण्डै ५० युवाको २ करोड बढी पैसा दलालले उठाएर विचल्ली बनाएको अवस्था छ ।
उनीहरुले तर चुनावको मुखमा गाउँ पालिकालाई देखाउँदै प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले गैरकानुनी काम गर्ने आश्वासन दिएर फेरि भोट मागेको युवाहरुले बताएका छन् ।
त्यस्तै अनलाईन खवरले पहिलो पटक ०७७ चैत ७ गते कोरियामा ‘खेताला’ कामदार पठाउँदै स्थानीय तह शिर्षकमा समाचार प्रकाशित समेत गरेको थियो ।
त्यस्तै यस बारे कान्तिपुरमा समेत श्रमिक कोरिया पठाउँदै स्थानीय तह, जिम्मा कसको ? शिर्षकमा समाचार गत जेठ १९ गते प्रकाशित गरेको थियो ।