रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

गुल्मीमा गैरकानुनी ‘मौसमी कामदार’को नाममा भोट माग्दै गठबन्धनका नेता, जनप्रतिनिधी नै सक्रिय

 बुटवल । गुल्मी क्षेत्र नम्वर २मा गठबन्धनका उम्मेदवारले भोट माग्न गैरकानुनी लोभ देखाएको भेटिएको छ ।
गठबन्धनका प्रदेश सभाका उम्मेदवार बुद्धि जिसी, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल सहितका नेता कार्यकर्ताले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुलाई लोभ देखाउँदै भोट मागेको युवाहरुले बताएका छन् ।
केहि समय अगाडि त्यहाँको धुर्कोट गाउँपालिकाले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुको नाम संकलन गरेको थियो । यद्यपी त्यो काम गैरकानुनी थियो । पछि काठमाडौंको एक एजुकेशन कन्सल्टेन्सी मार्फत युवाको डकुमेण्ट र पैसा संकलन गरि सेटिङमा केहि युवालाई कोरिया पठाइएको थियो ।
गत असार ३ गते अनलाईन खवरले स्थानीय तहसँगको सेटिङमा कोरियामा कामदार पठाउँदै एजुकेसन कन्सल्टेन्सी भन्ने समाचार प्रकाशित समेत गरेको थियो ।
श्रम विभागमा समेत यो विषयमा उजुरी परेपछि श्रम मन्त्रालयले गैरकानुनी रुपमा युवा पठाउन नपाइने भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।
हेर्नुस पत्र
अहिले धुर्कोट गाउँपालिकाका झण्डै ५० युवाको २ करोड बढी पैसा दलालले उठाएर विचल्ली बनाएको अवस्था छ ।
उनीहरुले तर चुनावको मुखमा गाउँ पालिकालाई देखाउँदै प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले गैरकानुनी काम गर्ने आश्वासन दिएर फेरि भोट मागेको युवाहरुले बताएका छन् ।
त्यस्तै अनलाईन खवरले पहिलो पटक ०७७ चैत ७ गते कोरियामा ‘खेताला’ कामदार पठाउँदै स्थानीय तह शिर्षकमा समाचार प्रकाशित समेत गरेको थियो ।
त्यस्तै यस बारे कान्तिपुरमा समेत श्रमिक कोरिया पठाउँदै स्थानीय तह, जिम्मा कसको ? शिर्षकमा समाचार गत जेठ १९ गते प्रकाशित गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित