दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गुल्मीमा गैरकानुनी ‘मौसमी कामदार’को नाममा भोट माग्दै गठबन्धनका नेता, जनप्रतिनिधी नै सक्रिय

 बुटवल । गुल्मी क्षेत्र नम्वर २मा गठबन्धनका उम्मेदवारले भोट माग्न गैरकानुनी लोभ देखाएको भेटिएको छ ।
गठबन्धनका प्रदेश सभाका उम्मेदवार बुद्धि जिसी, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल सहितका नेता कार्यकर्ताले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुलाई लोभ देखाउँदै भोट मागेको युवाहरुले बताएका छन् ।
केहि समय अगाडि त्यहाँको धुर्कोट गाउँपालिकाले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुको नाम संकलन गरेको थियो । यद्यपी त्यो काम गैरकानुनी थियो । पछि काठमाडौंको एक एजुकेशन कन्सल्टेन्सी मार्फत युवाको डकुमेण्ट र पैसा संकलन गरि सेटिङमा केहि युवालाई कोरिया पठाइएको थियो ।
गत असार ३ गते अनलाईन खवरले स्थानीय तहसँगको सेटिङमा कोरियामा कामदार पठाउँदै एजुकेसन कन्सल्टेन्सी भन्ने समाचार प्रकाशित समेत गरेको थियो ।
श्रम विभागमा समेत यो विषयमा उजुरी परेपछि श्रम मन्त्रालयले गैरकानुनी रुपमा युवा पठाउन नपाइने भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।
हेर्नुस पत्र
अहिले धुर्कोट गाउँपालिकाका झण्डै ५० युवाको २ करोड बढी पैसा दलालले उठाएर विचल्ली बनाएको अवस्था छ ।
उनीहरुले तर चुनावको मुखमा गाउँ पालिकालाई देखाउँदै प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले गैरकानुनी काम गर्ने आश्वासन दिएर फेरि भोट मागेको युवाहरुले बताएका छन् ।
त्यस्तै अनलाईन खवरले पहिलो पटक ०७७ चैत ७ गते कोरियामा ‘खेताला’ कामदार पठाउँदै स्थानीय तह शिर्षकमा समाचार प्रकाशित समेत गरेको थियो ।
त्यस्तै यस बारे कान्तिपुरमा समेत श्रमिक कोरिया पठाउँदै स्थानीय तह, जिम्मा कसको ? शिर्षकमा समाचार गत जेठ १९ गते प्रकाशित गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित