रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

दीप बोर्डिङमा नमुना निर्वाचन सम्पन्न

बुटवल ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बुधबार नमुना मतदान सम्पन्न भएको छ ।
मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेश तहको निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । नमुना मतदानमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा मतदान गरेका थिए ।
निवार्चनमा ५५४ जना विद्यार्थी मतदाताहरूको नाम प्रकाशित भए तापनि जम्मा ५४१ जना विद्यार्थी मतदाताहरूले मतदान गरेका थिए । नमुना मतदानमा ९७।६५ प्रतिशत मतदाताले मतदान गरेको कुरा नमुना मतदान कार्यक्रम संयोजक अमर खत्रीले जानकारी दिए ।
मतदानमा नेपाल सरकार मातहतका म्यादी प्रहरी र विद्यालयका स्वयम्सेवकले सुरक्षा प्रदान गरेका थिए । प्रत्यक्ष निर्वाचनतर्फ संंघमा एक सिट, समानुपातिकका लागि ३ सिट, प्रदेशतर्फ प्रत्यक्षमा २ सिट, प्रदेश तर्फ समानुपातिकका लागि ३ सिट निर्धारण गरी गरिएको नमुना निर्वाचनमा डाँफे, लुम्बिनी, सगरमाथा, जनकपुर र कर्णाली गरी जम्मा ५ वटा दलले उमेदवारी दिएका थिए भने स्वतन्त्रतर्फ कसैको उमेदवारी परेको थिएन ।
चार वटा मतदान केन्द्रमा सम्पन्न नमुना मतदानमा एक वटा मतदान केन्द्रबाट विद्युतीय मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो भने बालकृष्ण पाठक, विकास हमाल, दीपकचन्द्र भुसाल र पुरुषोत्तम पाण्डेयले मतदान अधिकृतको भूमिका निर्वाह गरेका थिए ।

नमुना मतदान कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मतदाता शिक्षाका लागि निर्वाचन आयोगले गर्ने काम दीप बोर्डिङ हाई स्कुलले गरेको र यसले आउँदो मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि विद्यार्थी मार्फत अभिभावकहरूलाई मतदाता शिक्षामा महत्वपूर्ण योगदान पु¥याउने बताए । साथै उनले यस पटक गर्न नसकिए पनि आगामी निर्वाचनको सन्दर्भमा बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा रहेका विद्यालयहरूमा नमुना निर्वाचनका लागि सहयोग र समन्वय गर्ने बताए ।

विद्यालयका प्राचार्य तथा नमुना निर्वाचनका प्रमुख निर्वाचन आयुक्त टीकाराम न्यौपानेले नमुना निर्वाचनले संघ र प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फ जनताको प्रतिनिधित्व कसरी हुन्छ ? मतदान कसरी गर्ने ? मतदानमा के कति मतपत्र हुन्छन् ? मत कसरी पट्याउने भन्ने कुरा विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
नमुना मतदानमा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रमुख निर्वाचन आयुक्त, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठले निर्वाचन आयुक्त, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ९ र १० का संयोजक के।बी। खाम्चा, गणित विषय प्रमुख जनक पन्थीले पर्यवेक्षक, एकराज गुरागाईं र अनिल पङ्गेनीले विद्युतीय मतदानको संयोजन, विजय सापकोटाले सुरक्षा संयोजन, सन्दिप बस्याल र रेखा आचार्यले स्थलगत व्यवस्थापन, कृष्ण भुसालले मतदानको कार्यालयीय व्यवस्थापन गरेका थिए ।
नमुना मतदानको मतगणना बिहीबार बिहान १० बजेदेखि गरिने र त्यसको नतिजा दिउँसो २ बजेभित्र घोषणा गरिने कुरा प्रमुख निर्वाचन आयुक्त टीकाराम न्यौपानेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार