नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

सरकारले उद्योगमा लगानी बढाए मात्र व्याज घट्छ – पूर्व गभर्नर नेपाल

पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा बोल्दै पुर्व गभर्नर नेपालले ब्याजदर घटाउन सरकारले पनि ठोस आर्थिक नीति ल्याउन नसकेको टिप्पणी गरे । “पुँजीगत खर्च बढाउन सक्ने हो र बजारमा पैसा आउने हो भने ब्याजदर स्वतः घट्छ, यसका लागि सरकारले उद्योग धन्धामा लगानी बढाउनुपर्छ”-उनले भने ।

पुर्व गभर्नर नेपालले बैंकको स्प्रिड दर घटाउने, आधार दर साढे ७ वा ८ प्रतिशतमा झार्ने र सिडि रेसियो कम गर्ने हो भने बैंकको ब्याजदर घटाउन सकिने नेपालको तर्क छ । अहिले बैंक वित्तीय संस्थाले मुद्दति निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर दिंदै आएका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुर्याएका छन् ।

सरकारले आर्थिक सुधारको नीति अवलम्बन गर्नुको साटो केन्द्रीय बैंकसँग निहुँ खोज्ने काम गरेको र केन्द्रीय बैंकले पनि मौद्रिक नीति बनाउँदा अहिलेको अर्थतन्त्रको मूलभूत समस्या संबोधन गर्न चुकेको उनको भनाई छ । कोरोना महामारी तथा रुस-युक्रेन युद्धका कारण मुद्रास्फितिमा चाप पर्दा अर्थतन्त्रमा समस्या आएको विश्लेषण गर्र्दै पुर्व गभर्नर नेपालले भने-“अव अर्थतन्त्र माथि उकास्नका लागि सरकारले बजारमा प्रयाप्त पैसा पठाउनु पर्छ ।”

अर्थतन्त्रमा संकट आएपनि नेपाल श्रीलंकाको अवस्थामा भने नपुग्ने पुर्व गभर्नर नेपालको विश्लेषण छ । “श्रीलंका मुलतः चर्को ब्याजमा लिएको वैदेशिक क्रृणको मारमा परेर संकटमा पुगेको हो, तर नेपालले लिएको वैदेशिक क्रृण सहुलियतपूर्ण ब्याजदरमा छ, ७ अर्वमा झरेको विदेशी मुद्राको संचिती ९ अर्व ३५ करोड पुगेको छ, त्यसैले डराउनुपर्ने अवस्था छैन”–उनले भने ।

सरकार उद्योग स्थापना गर्ने भन्दा पनि राजस्वमुखी भएकाले दीर्घकालका लागि भने समस्या हुन सक्ने उनको विश्लेषण छ । “सरकारले उद्योगी व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा अरवौं रकम उद्योगी व्यवसायीलाई दिएको छ, तर त्यो उद्योग स्थापनामा लगानी हुन सकेको छैन, सरकारले यसमा जोड दिनुको साटो आयातमा जोड दिएर राजस्व बढी उठाउने नीति लिएको छ, जसले दीर्घकालमा संकट निम्त्याउन सक्छ”–उनले भने ।

कोभिडको असरलगत्तै रुस-युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य भारीमात्रामा वृद्धि भएको र जसका कारण डलरमा पेट्रोलियम पदार्थको आयात गर्दा वैदेशिक मुद्राको सन्चितीमा गिरावट आएको र राष्ट्रबैंकले यसको अवस्थामा सुधार ल्याउन डलर खर्च गरेर ल्याउनुपर्ने महँगा मालवस्तुको आयात नियन्त्रण गर्नुपर्ने अवस्था आएको भन्दै उनले अव यो धेरै समय नरहने विश्लेषण गरे ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले चर्को व्याजदरका कारण उद्योगी व्यवसायीहरु ठूलो मारमा परेको भन्दै निकासका लागि पहल गर्न आग्रह गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एजाज आलम, लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद कंडेल, महासचिव जेपी कंडेल, राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारी लगायतले व्यापार व्यवसायमा ५० प्रतिशत ह्रास आएको तर क्रृणको ब्याजदर शतप्रतिशत बढेको भन्दै ब्याजदर घटाउने उपायका बारेमा जिज्ञासा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार