कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भरः एमाले नेता गिरी

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

आइतबार तिलोत्तमा ५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउंदै आर्थिक रुपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचाकांकहरु सवै क्रृणात्मक भएको बताउंदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सवै मतदातालाई आग्रह गरे ।

देशमा नयांँनयाँ रोजगारीका अवसरहरु सिर्जना गर्ने, उद्योगहरु स्थापनाका लागि आकर्षित गर्ने, बन्द उद्योग सञ्चालन गर्नुका साथै बैदेशिक लगानीका ठुला उद्योगहरु स्थापना गर्दै देशलाई आर्थिक रुपले सम्पन्न गर्ने योजना एमालेको रहेको बताए ।

आर्थिक रुपले सम्पन्न देश हुनासाथ स्वतः रोजगारी बढ्ने र विदेशमा गएका युवाहरुलाई स्वदेशमै फर्काउन सकिने उनको भनाई छ ।

नेता गिरीले अहिलेको सरकारबाट जनताले विकास, समृद्धि, आर्थिक सम्पन्नता, सुशासन केही पनि अनुभुती गर्न नपाएको भन्दै गठबन्धन मात्र आफ्नो स्वार्थका लागि बनेको घाम जस्तै छर्लङ्ग भएको बताए ।

मतदाताको घरदैलोमा मत माग्दै पुगेका गिरीलाई मतदाताहरुले सडकको स्तरोन्नती, नाली व्यवस्थापन गरिदिन माग गरेका थिए ।

उनले एमाले नेतृत्वको सरकार बनेपछि सधै सेवक बनेर काम गर्ने र विकास निर्माणका काम, मानवीय विकासका योजनाहरु एकसाथ कार्यान्वयनमा लगिने बताए । साथै तिलोत्तमामा रहेका खेलमैदानको स्तरोन्नतीका लागि पनि आफु लाग्ने उनले बताए ।

बुटवलको गौतमबुद्ध मुटु अस्पताललाई आवश्यक जग्गाको प्रबन्ध गर्न आफु प्रतिबद्ध रहेको सो अवसरमा उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार