रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भरः एमाले नेता गिरी

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

आइतबार तिलोत्तमा ५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउंदै आर्थिक रुपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचाकांकहरु सवै क्रृणात्मक भएको बताउंदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सवै मतदातालाई आग्रह गरे ।

देशमा नयांँनयाँ रोजगारीका अवसरहरु सिर्जना गर्ने, उद्योगहरु स्थापनाका लागि आकर्षित गर्ने, बन्द उद्योग सञ्चालन गर्नुका साथै बैदेशिक लगानीका ठुला उद्योगहरु स्थापना गर्दै देशलाई आर्थिक रुपले सम्पन्न गर्ने योजना एमालेको रहेको बताए ।

आर्थिक रुपले सम्पन्न देश हुनासाथ स्वतः रोजगारी बढ्ने र विदेशमा गएका युवाहरुलाई स्वदेशमै फर्काउन सकिने उनको भनाई छ ।

नेता गिरीले अहिलेको सरकारबाट जनताले विकास, समृद्धि, आर्थिक सम्पन्नता, सुशासन केही पनि अनुभुती गर्न नपाएको भन्दै गठबन्धन मात्र आफ्नो स्वार्थका लागि बनेको घाम जस्तै छर्लङ्ग भएको बताए ।

मतदाताको घरदैलोमा मत माग्दै पुगेका गिरीलाई मतदाताहरुले सडकको स्तरोन्नती, नाली व्यवस्थापन गरिदिन माग गरेका थिए ।

उनले एमाले नेतृत्वको सरकार बनेपछि सधै सेवक बनेर काम गर्ने र विकास निर्माणका काम, मानवीय विकासका योजनाहरु एकसाथ कार्यान्वयनमा लगिने बताए । साथै तिलोत्तमामा रहेका खेलमैदानको स्तरोन्नतीका लागि पनि आफु लाग्ने उनले बताए ।

बुटवलको गौतमबुद्ध मुटु अस्पताललाई आवश्यक जग्गाको प्रबन्ध गर्न आफु प्रतिबद्ध रहेको सो अवसरमा उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित