बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

रुपन्देही–३ : राप्रपामा प्रवेश गर्नेको संख्या बढ्दै

  • `
  • भैरहवा ।
    रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई जिताउनुपर्छ भन्दै युवाहरु प्रवेश गरिरहेको पार्टीले जनाएको छ ।

    यसैबीच शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित कर्णपथमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता तथा स्थानीय राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले पार्टीमा स्वागत गरेका थिए ।
    त्यस्तै शनिबार सिद्धार्थनगर नगरपालिका–६ स्थित दुर्गा कलोनीमा आयोजित कार्यक्रममा ५० जना बढी राप्रपामा प्रवेश गरेका थिए । त्यसै गरी सिद्धार्थनगर नगरपालिका–३ खजहनामा आयोजित कार्यक्रममा सयौं संख्यामा युवाहरु राप्रपामा प्रवेश गरेका थिए ।

    बिहीबार रुपन्देही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान आफ्ना ३ सय जना समर्थकसहित राप्रपामा प्रवेश गरेका थिए । दीपक बोहरालाई समर्थन गर्दै उनी राप्रपामा प्रवेश गरेका हुन् ।

    उनले भने, ‘म पनि चुनावी मैदानमा थिए, तर घरदैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोही छैन भन्ने महसुस गरे । दीपक बोहरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्नुपर्छ, त्यसैले राप्रपामा प्रवेश गरेको हुँ । ’ विकासका लागि दीपक बोहरालाई अत्याधिक मतले जिताउनुपर्ने उनको भनाइ छ ।

    यसअघि नै ओमसतिया गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष ज्ञानेश श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष सुन्दर गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।

    त्यस्तै लुम्बिनी प्रदेशकी पूर्वमन्त्री तथा लोसपा नेतृ कल्पना पाण्डे पार्टी परित्याग गरी तीन दलीय तालमेलका उम्मेदवारलाई समर्थन गरेकी छन् । एमाले, राप्रपा र जसपाकोतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र तुल्सी चौधरीलाई जिताउन आफू लागिपरेको उनले बताइन् ।

    पूर्वमन्त्री पाण्डेले भनिन्, ‘दीपक बोहरा रुपन्देहीलाई उज्यालो बनाउने दियो हो, विकासप्रेमी नेता बोहरालाई जिताउनु आजको आवश्यकता हो ।’
    राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले भने, ‘राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको छ । ’ उनले वर्तमान गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको दावी गरे ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित