सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?                
समाचार :

कामना सेवा बैंक द्धारा आयोजित रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन

बुटवल । कामना सेवा विकास बैंकले आफ्नो १६ ओैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान जिवन दान भन्ने मूलमर्म लाई आत्मसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलमा रहेको नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही को सहकार्य तथा रक्तसञ्चार सेवा केन्द्र संगको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बैंकका सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही का अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा भएको उक्त रक्तदान कार्यक्रममा ९० युनिट ब्लड संकलन भएको थियो ।


सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा बैंकका सञ्चालक समिति सदस्य भिमप्रसाद तुलाचनले बैंकले सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिईएको बताए ।
बैंकले यस अघि पनि सहयोग वितरण, विद्यालयहरुमा छात्रबृत्ति वितरण, सरसफाई, बृक्षारोपण जस्ता सामाजिक कार्य गरेको बताउंदै सवैभन्दा ठुलो रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही कि सदस्य भगवती अर्याल, बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनाल लगाएतले बालेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित