लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गठबन्धनको खटपटले तनावमा विनोद चौधरी

परासी । गठबन्धनभित्रको खटपटले डलरअर्बपति विनोद चौधरी तनावमा परेका छन् । अन्तिम समयमा गठबन्धन घटकको माओवादी केन्द्रले आफूलाई समर्थन गर्नेमा चौधरी ढुक्क थिए ।

तर अहिलेसम्म माओवादी केन्द्रका नेताले मुख नखोलेपछि चौधरी तनावमा परेका हुन् । चौधरीले नेपाली कांग्रेसबाट नवलपरासी पश्चिमको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका छन् । चौधरीलाई गठबन्धनभित्रको खटपटले मात्र होइन आफ्नै दल नेपाली कांग्रेसका जिल्ला नेताहरुको असन्तुष्टीले अर्को तनाव थपिदिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्रको ‘ख’मा माओवादी केन्द्रलाई दिएर चुनावमा जाने केन्द्रीय सहमति थियो । तर जिल्लामा माओवादी केन्द्रले उम्मदेवारी दिइसकेपछि कांग्रेसले पनि उम्मेदवारी दिएपछि माओवादी केन्द्र कांग्रेससँग अलगजस्तै बनेको छ ।

कांग्रेसको उम्मेदवारी फिर्ता गरेर समर्थन गर्न माओवादी केन्द्रले पटक पटक लिखित विज्ञप्ती निकालेपनि कांग्रेसले नमानेपछि अहिलेसम्मका कुनै पनि चुनावी कार्यक्रममा माओवादी केन्द्र कांग्रेससँग हिडेको छैन ।

चौधरी गठबन्धनका उम्मेदवारलाई वास्ता नगरी कांग्रेसकै प्रदेशसभा सदस्यलाई लिएर चुनावी प्रचारमा हिडेपछि माओवादी केन्द्रले सघाउन नसक्ने संकेत दिएको छ । यसले चौधरीलाई चुनावी प्रतिस्पर्धामा धक्का लाग्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

चौधरीका प्रतिस्पर्धी जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एमालेसँगको तालमेलमा चुनावमा होमिएका छन् । एकातिर राजनीतिका चतुर खेलाडी त्रिपाठीसँगको प्रतिस्पर्धा र अर्कोतर्फ त्यस क्षेत्रमा प्रभावशाली नेताका रुपमा रहेका कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पक्षको असन्तुष्टीले चौधरीलाई चुनाव जित्नमा राम्रै कसरत गर्नुपर्ने देखिएको छ ।

कांग्रेसबाट खनालले टिकट ल्याउनेमा पक्कापक्की जस्तै भइसकेपनि अन्तिम समयमा चौधरीले टिकट ल्याएर उम्मेदवारी दिएका हुन् । चौधरीको उम्मेदवारीपछि खनालपक्ष असन्तुष्ट छ ।

चुनावी प्रचार प्रसारमध्ये एक दिनमात्र खनाल चौधरीको चुनावी सभा पुगेका छन् । अन्य दिनमा विभिन्न काम देखाउँदै बाहिरी जिल्ला जाने गरेका छन् । खनालको अनुपस्थितिले पनि चौधरीलाई थप चुनौती थपेको कांग्रेस कार्यकर्ताले बताउँदै आएका छन् ।

गएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार त्रिपाठीको दलको उपस्थिति न्यून छ । तर एमालेसँगको तालमेलले त्रिपाठीको कांग्रेससँग कडा प्रतिस्पर्धा देखिएको छ ।

स्थानीय तह निर्वाचनको मतअनुसार त्यस निर्वाचन क्षेत्रमा जप्रपाको ४ हजार ६८१ र एमालेको २६ हजार ७७९ मत छ । एमालेसँग तालमेल गरेको अर्को घटक जसपाले त्यस निर्वाचन क्षेत्रमा पनि एमालेकै उम्मेदवारलाई सघाउने जनाएको छ । जसपाको मत ३ हजार ५ सय ३९ रहेको छ । तीन दलको मत जोड्दा त्रिपाठीको पक्षमा ३४ हजार ९९९ रहेको छ ।

नेपाली कांग्रेसले पाएको मत ३० हजार ३४२ रहेको छ । माओवादीबाहेकको गठबन्धन घटक(एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) को मत जोड्दा चौधरीको पक्षमा कुल ३१ हजार ७४१ रहेको छ । माओवादीको मत कतै पनि नजोड्दा चौधरीभन्दा त्रिपाठी ३ हजार २५८ मतले अघि छन् । यसअघि एमालेको चिन्हबाट त्रिपाठीले उक्त निर्वाचन क्षेत्र जितेका हुन् ।

एकातिर असन्तुष्टको मत र अर्कोतिर ३ हजारभन्दा बढी मतले त्रिपाठी अघि देखिएपछि पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका चौधरीलाई चुनावी तनाव थपिएको मतदाताहरुले बताउँदै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित