बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

क्षेत्र नं. ५ मा एमालेको जीत सुनिश्चित छ : नेता भट्टराई

सैनामैना । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । एमालेले क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभामा बासुदेव घिमिरे तथा प्रदेशसभामा भूमिश्वर ढकाल एवं रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
गैडहवामा चुनावी प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले क्षेत्र नं. ५ का बासिन्दाले तीव्र परिवर्तनको अपेक्षा राखेको र त्यो अपेक्षा एमालेका उम्मेदवारले मात्र पूरा गर्न सक्ने भएकाले पार्टीको जीत सुनिश्चित रहेको बताए । उनले अब झुट र आश्वासनको राजनीति नटिक्ने भएकोले क्षेत्र नं. ५ का मतदाताले एमालेका विकाशप्रेमी उम्मेदवारलाई विजयी बनाउने बताए ।
राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका नेता भट्टराईले एमालेसँग शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सामाजिक सशक्तिकरणको स्पष्ट योजना रहेको बताउँदै समृद्धि र विकास गर्ने, राष्ट्रियताका बारेमा सोंच्ने पार्टी एमाले मात्र रहेको बताए । नेपाली काँग्रेसबाट जितेका सांसदले १५ वर्ष सम्म क्षेत्र नं. ५ को यथोचित विकास गर्न नसकेको बताउँदै नेता भट्टराईले मंसिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने दाबी समेत गरे ।
यस्तै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले अव्यवस्थित बसोबासी, भूमिहिन, सुकुम्बासीहरुको समस्या समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको आधुनिकीकरणको विषयलाई एमालेले महत्व दिने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित