बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

रूपन्देही-२ मा वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानले एमालेलाई सघाउने

बुटवल । बामदेब गौतम नेतृत्व नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिष्णु पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ ।
पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज महेन्द्र अर्यालले भने-‘बिष्णु पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएका हौं ।’ उनले अघि भने ‘विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् । नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’ यहाँका उद्योगीहरुको लगानी, युवाहरुको रोजगारी लगायतका कुराहरुको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनले बताए ।
बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरुको २५ सय बढी मतदाता रहेको दाबी गरे । आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरुलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार