थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

‘बहुला काजीको सपना’ नाट्क बुटवलमा कार्तिक २२ गते मञ्चन हुने

  • `
  • बुटवल  । साहित्यकार विजय मल्लद्धारा लिखित बहुला काजीको सपना नाट्कको रुपमा प्रस्तुती बुटवलमा प्रस्तुत हुने भएको छ ।

    बुटवलस्थित बागेश्वरी संगितालयमा यहीँ कार्तिक २२ गते थिएटर नाटकको रुपमा मञ्चन गर्न लागिएको हो । नाटकका निर्देशक राजकुमार पुडासैनीले समाज परिवर्तन गर्न भनेर हिडेका नेतृत्वलाई लक्षित गरी नाटक प्रदर्शन गर्न लागिएको बताए ।

    २००४ सालमा मल्लद्धारा लेखेको नाटकमा राणाकालीन नेपाली समाजको गरिबी असुरक्षा र समानताको कलाही लाग्दो अवस्थाको चित्रण गरिएको छ । ‘समाजको आर्थिक विभेदलाई नाटकले संवोधन गरेको छ’ निर्देशक पुडासैनीले भने, ‘राजनीतिक परिवर्तनका आन्दोलनजस्तै यो सशक्त नाट्क हो ।’ १ घण्टा १० मिनेटको नाटकमा १४ जना कलाकारको प्रस्तुति रहने छ ।

    नाटक हेर्न विद्यार्थीलाई १५०, सर्वसाधारणलाई ३०० र विशिष्ट व्यक्तिलाई ५०० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । बागेश्वरी संगितालयका सञ्चालक सुरेश सेन्चुरीलाई सुनको पिंजडापछि दोस्रो प्रयास स्वरुप बहुला काजीको सपना नाट्क प्रदर्शनमा जुटेको बताए ।

    ‘अहिले नेपालमा थिएटर नाटकले राम्रो स्थान पाइरहेको छ, लुम्बिनी प्रदेशमा नाटकको अभाव सबैलाई खडकिएरहेको कुरालाई ध्यानमा राख्दै बागेश्वरीले गत वर्षदेखि थिएटर सुरु गरिएको छ । अब यो अभियानलाई निरन्तरता दिँदै लैजाने सोचमा छौं ।’ सेन्चुरीले भने ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित