रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

महतरा र आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला

दाङ । दाङ तुलसीपुरको दमार गाउँको जंगलमा मृत भेटिएका शरद आचार्य र रोशनी महतराको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

गत असोज ३० गते दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका–६ थपागाउँका–१४ वर्षीय शरद आचार्यको शव जंगलमा एकै ठाउँमा फेला परेको थियो । सुरुमा शव फेला पर्दा हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो ।

तीन साता लगाएर गरेको अनुसन्धानले प्रहरी नयाँ तथ्यमा पुगेको हो । घटनाबारे विभिन्न चरणमा पुगेर अनुसन्धान टुंग्याएपछि प्रहरीले शरद–रोशनीको हत्या नभएर विद्युतीय धरापमा परेर मृत्यु भएको निश्कर्ष निकालेको छ ।

प्रहरी स्रोतका अनुसार गाउँका वासिन्दाले बँदेललाई बस्तीमा आउनबाट रोक्न थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर शरद र रोशनीको मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि घटनालाई लुकाउन स्थानीय चार जनाले शरद र रोशनीको शव जंगलमा लगेर गाडेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

घटनाबारे प्रहरीले आधिकारिक रुपमा बोलेको छैन । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत असोजको २७ गते शरद र रोशनी रातिदेखि घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका दुवै जनाको शव तीन दिनपछि जंगलमा एउटै खाडलमा गाडेको अवस्थामा फेला परेको थियो । शव फेला परेको तीन दिनपछि आफन्तले एकै ठाउँमा दुवै जनाको अन्त्येष्टि गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित