थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

बुटवल पुगेर बद्री पंगेनीले भने–विकासको मोडल हेर्न रुपन्देही पुगौं

रुपन्देही । लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् ।
‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल,रुपन्देही र प्रदेश मात्रै होइन देशमै नयाँ मोडल दिएको छ, यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनु भएको छ’– उनले भने ।

रुपन्देही क्षेत्र नं. २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन आएका पंगेनीले देशभरमै पौडेल विकासे नेतामध्ये पहिलो भएको दावी गरे । मुलुकको अहिलेको आवश्यकता विकास र समृद्धि नै भएकोमा पंगेनीले जोड दिए । ‘विकास र समृद्धि अहिलेको आवश्यकता हो, त्यसका लागि तपाईहरुले विष्णु पौडेलजस्तो नेता पाउनुभएको छ’–पंगेनीले भने–‘काठमाडौं र नेपालभरि नै विकासे नेता को भन्यो भने विष्णु पौडेलको नाम सबभन्दा पहिला आउंछ ।’

पौडेलको नेतृत्वमा विशेषगरी रुपन्देही र लुम्बिनी प्रदेशमा भएका विकास निर्माणका कामहरुको अथाह प्रमाणहरु खोज्न सकिने गायक पंगेनीले उल्लेख गरे । ‘उहांले ल्याएका वजेटहरु,योजनाहरु,भिजनहरु, वजेट कार्यान्वयन गर्ने कार्यक्षमता शायदै अरु नेताहरुमा हुनसक्ला’–पंगेनीले भने–‘स्थानीय तहका वडा वडासम्म समन्वय गरेर वजेट कार्यान्वयन गर्ने क्षमता उहांमा धेरै छ ।’

पंगेनीसंगै गायिका पूर्णकला बीसीले पनि नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठको पक्षमा गीत गाएका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित