३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना

  • स्टल दर्ताको काम सुरु
  • बुटवल । रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी पुष ७ देखि १९ गतेसम्म बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी स्वरुप प्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना गरिएको छ ।

    शुक्रवार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मुल समितिका संयोजक माधव प्रसाद पौडेलले विधिपूर्वक पुजा आजा गरि सुभारम्भ गरेका हुन । सो अवसरमा संघका पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहाकारहरुको उपश्थिती रहेको थियो ।

    बुटवल उपमहानगरपालिका–१० बुटवल मण्डपमा बन्दै गरेको आधुनिक अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा रुपन्देही उद्योग संघले पहिलो पटक प्रदर्शनी आयोजना गर्न लागेको छ ।

    प्रदर्शनी आयोजना सफलता पूर्वक सम्पन्न गर्न आवश्यक तयारीका कामहरु द्रुत गतिमा अगाडी बढाउने लक्ष्यसहित मण्डपमा सचिवालय स्थापना गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताए । शुक्रवारबाट प्रदर्शनी तथा उद्योग संघको सबै काम सचिवालयबाट हुने महासचिव खत्रीले जानकारी दिए ।

    काठमाडौं बाहिर निमार्ण गरिएको पहिलो अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा उपभोक्ता दर्शकहरुले नयाँ स्वाद र व्यवस्थापन हेर्न पाउने संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए ।

    अध्यक्ष पौडेलले आर्थिक गतिविधि खस्दो वर्तमान अवस्थामा प्रदर्शनी आयोजना चुनौतिपूर्ण रहेको बताउदै त्यसलाई आत्मसाथ गर्दै प्रदर्शनीको आयोजनाले उद्योगी, व्यवसायी एवं उपभोक्तामा उत्साहा जगाउने विश्वास व्यक्त गरे ।

    “संमृद नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ मा स्वदेशी उत्पादन, प्रविधि र कृषि एवं पर्यटनको विकासका लागि समयको परिवर्तनस“गै परिमार्जित र परिस्कृत स्टलहरु समावेश गरिने संघले जनाएको छ ।

    प्रदर्शनीमा सहभागिताका लागि स्टल दर्ताको काम सुरु भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।

    उनका अनुसार प्रदर्शनीमा विभिन्न प्रकृतिका करिव ५ सयसम्म विभिन्न प्रकृतिका स्टलहरुको सहभागिता रहने र शुक्रवारसम्म ५० वटा स्टल दर्ता भएका छन् ।

    प्रदर्शनीका विशेषता रुपमा स्वदेशी उत्पादनको प्रदर्शन, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक संस्कृति प्रदर्शन, दोहोरी गीत, लोकगीत र लोक नृत्य प्रतियोगीताहरु, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको संचालन, सूचना प्रविधि ग्रामको संचालन, कृषि ग्राम संचालन, अटो पेभेलियन, विभिन्न खेलकूद प्रतियोगिताहरु रहेको जनाइएको छ ।

     

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित