दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलमा ओशो मेडिटेशन कार्याशाला हुँदै

बुटवल । व्यस्त दैनिकी हुनेहरुका लागि बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको छ ।

आशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको हो । व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले मेडिटेशन कार्यशालाको आयोजना गरिएको ओशो बुटवलका बलराम पोखरेलले बताए ।

उक्त कार्यशालामा स्वामी आनन्दले प्रशिक्षण दिनेछन् । १ हजार जना सहभागिता हुने उक्त कार्याशालामा सहभागिता जनाउन ३ सय शुल्क लाग्ने आयोगकको भनाई छ ।

कार्यशालामा बैंकिङ क्षेत्रका व्यक्तिहरु, संघसंस्थाहरुका प्रतिनिधी, व्यस्त दैनिकीहुनेहरुको सहभागिता हुनेछ ।

तनाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो समय धेरैजना डिप्रेशनको सिकार समेत बनिरहेको भन्दै तनाव व्यवस्थापन र शरिरलाई फुर्ति राख्न पनि ओशो मेडिटेशन आवश्यक रहेको पोखरेलले बताए ।

नेपालमा करिव डेढ लाख ओशो सन्यासी रहेका छन् । बुटवलमा स्थापना भएको ओशो संस्थाले प्रत्येक दिन विहान ओशो मेडिटेशन गर्ने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित