दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

ज्योति नगर पहिरोको सहि व्यवस्थापन गर्छौं – पूर्वमन्त्री श्रेष्ठ

 

बुटवल । गतवर्षको वर्षातमा पहिरोका कारण राष्ट्रिय रुपमा चर्चित बुटवल ३ को ज्योति नगरबासीहरु संग लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले पहिरो व्यवस्थापनबारे नेकपा एमालेले हिजो गरेका र अबका योजनाबारे अन्तरक्रिया गरेका छन् । २०५५ सालमा बुटवल नगरपालिकाको नगरप्रमुख हुँदा आफुले तत्कालीन ज्योतिनगरको पहिरोलाई गहिरोसँग बुझेको र पहिरोपीडित ५६ घरपरिवारलाई तामनगरमा जग्गा उपलब्ध गराएको स्मरण गर्दै यसपटकको पहिरो २०७२ सालको भूकम्प पश्चात् ज्योतिनगर चुरे क्षेत्रमा फेरि हलचल आएपछि आएको बताए । बुधबार सो अन्तरक्रियामा बोल्दै श्रेष्ठले भूगर्भविद् तथा विषय विशेषज्ञको अनुसन्धान तथा परिक्षणबाट यस क्षेत्रको बसोवास स्थायित्व गर्न सकिने या नसकिने बुझेर सहि व्यवस्थापन गर्नमा एमालेले नेतृत्व गर्ने बताए ।

ज्योतिनगर क्षेत्र लगायत अधिकांश बुटवल क्षेत्रमा झुम्सा खोलाबाट स्वच्छ खानेपानी ल्याउने प्रक्रिया अगाडि बढेको बताउँदै खानेपानीको बजेट अभाव नहुने श्रेष्ठले बताए । जनताको पक्षमा वकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, सर्वपक्षीय समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए।

कार्यक्रमा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य कमल गौतम, विष्णु के सी, सहदेव श्रेष्ठ, दुर्गा पराजुली लगायतले एमालेलाई जिताउने गरि जुट्न आह्वान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित