निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

असन्तुुष्ट हुँदैमा निर्वाचन बिथोल्न पाईदैन – गृहमन्त्री खांण

बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उनले असन्तुष्ट्रि जाहेर गर्ने अधिकार सवै नागरीक र दलहरुलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट समेत पारे ।
बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतीमा आउन समेत आग्रह गरे । ‘हामी मिल्ने सम्म लचक भएर असन्तुुष्ट्र दलहरुसगं सम्वाद र छलफल गरीरहेका छौ । उनले भने – कतिपय मागहरु ऐन संसोधन बिना सम्वोधन गर्न सकीदैन । सरकारले ऐन तर्जुमा गरेर भएपनि जायज माग सम्वोधन गरी असन्तुुष्ट्र समूहलाई मुलधारमा ल्याउने प्रयत्न गरीरहेको छ ।’ गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’
उनले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीत निर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह समेत गरे । ‘सबै नागरिक सुरक्षीत होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने,‘त्यसकालागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’
गृहमन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचा मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित