रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

विद्यार्थी भन्छन्,–‘विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्छ’

भैरहवा । विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूर्ण रहेकोले अधुरा कामलाई पूर्णता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ ।

नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, (जसपा) नेपालका उम्मेदवारलाई विजयी गराउन तीनदलीय संयुक्त विद्यार्थी संगठनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विद्यार्थी नेताहरुले यस क्षेत्रको विकासका लागि क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा दीपक बोहरा र प्रदेशसभा ३ (क) मा महेन्द्र यादव र ३ (ख) मा तुल्सी प्रसाद चौधरीलाई जिताउनुपर्ने बताएका छन् ।

तीनदलीय संयुक्त विद्यार्थी संगठनको आयोजनामा बुधबार भैरहवामा आयोजना भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले भैरहवा र यस क्षेत्रको विकासमा अहोरात्र खट्ने विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनको नतिजाले पनि राप्रपा, एमाले र जसपाका उम्मेदवारले निर्वाचन जितिसकेको भन्ने देखाइसकेको छ । ’भैरहवाको विकासका लागि गृहमन्त्री बालकृष्ण खाँणले के के काम गर्नुभयो भन्दै उनले प्रश्न गरिन् । आफूलाई लोकप्रिय नेता भनेर मात्र नहुने भएकाले काम गरेर देखाउने नेतालाई जनताले जिताउने उनको भनाइ छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष निराजन बमले रुपन्देहीको विकासमा पूर्वमन्त्री दीपक बोहराको योगदान महत्वपूर्ण रहेको बताए । उनले गठबन्धन सरकारबाट मुलुकमा कुनै उपलब्धी नभएको बताए । उनले भने, ‘देशको स्वाधिनता रक्षा गर्नका लागि तीन दलबीच तालमेल गरिएको हो ।’

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य उमापति बरईले रुपन्देहीको विकासका लागि दीपक बोहरालाई अत्याधिक मतका साथ जिताउनुपर्ने बताइ । उनले भने, ‘दीपक बोहरालाई जिताउन एकजुट भइ अघि बढौं ।’
अनेरास्ववियु केन्द्रीय सदस्य सरोज ठकुरीले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतले जिताउनुपर्ने बताए । उनले भने, ‘विकासका लागि दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई जिताउनुपर्छ ।’
राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले पूर्वमन्त्री दीपक बोहराको पहलमा रुपन्देहीमा धेरै काम भएको बताइन् । उनले विद्यार्थीहरुको समस्या समाधान गर्दै मुलुकमा रोजगारी पाउन गरी अघि बढ्ने बताइन् । उनले भनिन्, ‘रैथाने नेतालाई नै निर्वाचन जिताउनुपर्छ ।’
जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मुलुक परिवर्तनमा युवा र विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘अवसर दिनुस्, तीन दलका उम्मेदवारलाई जिताउनुहोस् अधुरा काम पूरा गर्छौ ।’ नेता यादवले गठबन्धन सरकारका कारण जनता महंगीको मारमा परेको बताए ।
नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले मुलुकमा परिवर्तन ल्याउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले महंगी र भ्रष्टाचारविरुद्ध विद्यार्थीहरुले आवाज उठाउँदै आएको बताए ।
विद्यार्थी रोशन कुमार मिश्रा, अनिल कुमार गुप्ता लगायतले बोल्दै विद्यार्थीको समस्या समाधानमा केन्द्रीत हुन उम्मेदवारलाई ध्यान दिन आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार